यस्तै ट्विटरमा सक्दो आफ्नो तस्बिर राख्दै नराख्नुहोस् । यो एउटा सोसल नेटवर्किङ साइट हैन । यो ट्विटहरु राख्नको लागि मात्र प्रयोग गर्दा राम्रो ।
ट्विटरमा यस्तो पनि सेटिङ गर्न सकिन्छ कि तपाइको अनुमति बिना अरुले तपाइंलाई फलो गर्न नसकुन् । तर, मानिसहरु खासै यस्तो गर्ने गर्दैनन् । सेटिङलाई प्राइभेट बनाएमा तपाइंको एकाउन्ट धेरै सुरक्षित हुनेछ ।
तपाईं कयौं चोटी अरु कसैको एकाउन्ट ब्लक गर्नुहुन्छ या उसलाई रिपोर्ट गर्ने गर्नुहुन्छ । त्यसपछि ब्लक गरिएको मानिस तपाइसम्म पुग्न सक्दैन् । तर, ध्यान राख्नुहोस त्यस्ता व्यक्ति अर्को एकाउन्ट बनाएर पनि तपाइसम्म आइपुग्न सक्छन् ।
यस्तोमा कुनै अरु अपरिचित व्यक्तिको प्रोफाइलको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट नगर्नु होस् । यदि तपाइ कुनै समस्यामा फस्नु भयो भने पनि चिन्ता नगरि प्रहरीलाई फोन गर्नुहोस् ।
प्राय यस्तो पनि हुने गर्छ कि फेसबुक एकाउन्टमा केटीको तस्बिर भए पनि त्यो एकाउन्ट कुनै केटाले बनाएको हुन्छ । यस्तै गरि नक्कली नाम र तस्बिर राखिएर फेसबुक एकाउन्छ बन्ने गरेको हुन्छ ।
यस्तो एकाउन्टको बारेमा थाहा पाउन केही कुरालाई ध्यान दिनुपर्ने हुन्छ । जस्तै फ्रेण्ड रिक्वेश्ट स्वीकार्नु आगाडि भएको मानिसको एकाउन्ट राम्रोसँग चेक गर्नुहोस् ।
यस्ता नक्कली एकाउन्टमा प्राय सबै तस्बिरहरु एकै दिनमा पोस्ट गरिएको हुन्छ । उनीहरु सिर्फ २/३ ग्रुपसँग जोडिएका हुन्छन् । र, १०/१५ जनामात्र साथि हुने गर्छन् । कयौं पटक यस्तो एकाउन्टमा फरक फरक केटीहरुको तस्बिर हुने गर्छ । यसरी राखिएको तस्बिरहरु आपत्तिजनक पनि हुने गर्छन् ।
कयौं पटक प्रोफाइलमा केटीको तस्बिर भए पनि ग्यालरीमा एउटै पनि त्यही व्यक्तिको फोटो हुने गर्दैन ।
2 years ago