Breaking News

एप्रिकट २०१८ सम्मेलन काठमाडौमा गुगल, फेसबुक प्रतिनिधिको सहभागीता

Feb Tue 2020 05:40:49

437 views

एप्रिकट २०१८ सम्मेलन काठमाडौमा गुगल, फेसबुक  प्रतिनिधिको  सहभागीता
विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) काठमाडौंमा आयोजना भएको छ ।
सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।
एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए ।
सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुनेछ ।
सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत बर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर (करिव ८० अब रुपैर्याँ ) मा किनेको थियो ।
त्यस्तै समापनमा प्याकेट फेब्रिकका सहसंस्थापक विल चार्नोकले आफ्नो मन्तब्य राख्नेछन् । विलले सफ्ट लेयरका लागि नेटर्व बनएका थिए । यसलाई आइबिएमले सन् २००८ मा खरिद गरेको थियो । यस्तै म्यागासेसे विजेता महाबिर पुनले भविष्यका स्मार्ट सिटीहरु कस्तो हुनेछन् भन्ने बारे आफ्नो धारणा राख्नेछन् ।
सम्मेलन १० दिनसम्म चल्नेछन् । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी) मा केन्द्रीत रहेर सम्मेलन निरंतर हुनेछ
सहभागी एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए)ले २२ बर्षअघि एप्रिकट सुरु भएको हो । सन् २००२ मा नेपालबाट इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स) का गौरव उपाध्याय सहभागी हुँदै आएका थिए । एनपिआइएक्स नेपालमा स्थापना गर्दा एपिआइएले समेत सहयोग गरेको थियो ।
उनलाई त्यतिखेरै लागेको थियो, कुनै दिन यस्तो सम्मेलन नेपालमै गर्नु पर्छ । उनले केही बर्षदेखि यसका लागि लविङ गर्दै आएका थिए ।  पहिले एप्रिकट गर्न विडिङ गर्नुपथ्र्यो । नेपालमा १ हजार जनाभन्दा बढी सहभागी हुने कार्यक्रम पाँचतारे होटलमा गर्न स्रोत जुटाउन सम्भव थिएन ।
पालमा भएको सम्मेलन नेपाली आइटी क्षेत्रका सहभागीलाई ठूलो अबसरका रुपमा आएको छ । त्यसैले २ सय डलर दर्ता शुल्क तिर्नु पर्ने सम्मेलनमा नेपालबाट २ सय ५० भन्दा बढीले सहभागिता जनाएका छन् । ‘विदेश जानु पर्ने भए लाखौं रुपैयाँ खर्च गर्नु पर्छ’, उपाध्यायले भने, नेपालमै यत्रो ठूलो कार्यक्रम हुनु सबैका लागि अबसर हो ।’
सम्मेलनमा १ सय ५० जना बंगलादेशी, ८० जना अमेरिकी, त्यतिकै संख्यामा भारतीयलगायत ६५ देशका प्रतिनिधि सहभागी छन् ।
फेसबुक, गुगलजस्ता जाइन्ट कम्पनीका प्रतिनिधिसमेत सहभागी भएकाले यो महासम्मेलन नेपालीहरुलाई नेटवर्क विस्तारका लागि सहायक सिद्ध हुने उपाध्यायको दावी छ ।
सम्मेलनमा आएका विदेशी प्रधिनिधिको खर्चले नेपालको पर्यटन प्रबर्धनमा समेत  ठूलो सहयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?