सोफिया रोवट नेपाल भ्रमणमा आइन् र भनिन् हेलो नेपाल ! - भिडियोसहित
Feb Tue 2020 05:40:37
727 views
साउदी अरबको नागरिकता प्राप्त सोफिया रोवट नेपालमा एक कार्यक्रमका लागि आइन् । युएनडीपी र नेपाल सरकारको आयोजनामा भएको काठमाडौंको एक कार्यक्रममा सोफियाले यसरी भाषण दिएकी छिन् ।
रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।’
युएनडीपीको लोगोअंकित सेतो टी(शर्ट लगाएर पोडियममा उपस्थित सोफियाले भनिन् शिक्षा, टेलमेसिनरी, ब्लक चेन टेक्नोलोजीको प्रयोग गर्दै एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न हामी सक्छौं।
रोबोट र इथिक्सको बारे सोफियाको जवाफ यस्तो यो मान्छेको इस्यु हो । नयाँ कानूनहरु बनाएर समस्या हुन दिनुहुँदैन । महिलाका अधिकार तथा कामदारका अधिकार दिगो विकासका लागि आवश्यक छन् । कसैलाई पछाडि छाड्नु हुँदैन ।
टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ । मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो ।
मैले पहिले पनि भनें, सम्भावना असीमित छन् । मलाई आशा छ यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !
हेर्नुस् भिडियो :
इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिन्छ । गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ ।
आर्टिफिसियल इन्टिलिजेन्स र बिग डाटाको प्रयोग गरेर शिक्षा तथा कृषिमा ठूलो फड्को मार्न सकिन्छ । हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गर्न सक्छौं र संसारलाई राम्रो बासस्थान बनाउन सक्छौं ।