Breaking News

सिँगापुरमा पहिलो स्वचालित कार

Feb Tue 2020 05:40:48

329 views

सिँगापुरमा पहिलो स्वचालित कार

सिँगापुरमा विश्वको सबैभन्दा पहिलो स्वचालित कार प्रयोगमा आएको छ । सिँगापुरमा अहिले भित्र्याइएको कार एक वर्षसम्म परीक्षणको रुपमा सञ्चालन गरिनेछ ।

सिँगापुरबाट नयाँ प्रविधिको आवश्यक परेको स्थानमा आफैं रोकिने सवारी सञ्चालन सेवा सुरु गरेको हो । यद्यपि यो कार बजारमा पूर्ण रुपमा भने सन् २०१८ मा चलाउने योजना रहेको छ । अहिले बजारमा ल्याइएको सवारी मिट्सुबिसी कम्पनीले निर्माण गरेको हो । यसअघि लामो समयदेखि प्रतीक्षामा रहेको स्वचालित सवारी अहिलेको सडकको संरचनामा लागू हुन नसक्ने विश्लेषकहरुले बताउँदै आएका भएता पनि सिँगापुरमा यसको परीक्षण कालका लागि चलाउने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?