Breaking News

तपाईलाई डिभी पर्यो की परेन ? यसरी हेर्नुहोस

Feb Wed 2020 02:40:13

1174 views

तपाईलाई डिभी पर्यो की परेन ? यसरी हेर्नुहोस
काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।
नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन।इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?