Breaking News

आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ का फिचर्सहरु

Feb Tue 2020 05:40:54

891 views

आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ का फिचर्सहरु

एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनको नाम सम्भवत ‘आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ हुनेछ। पहिले आइफोन ६ र आइफोन ६ प्लसको अपग्रेडको रुपमा यी मोबाइलहरु सार्वजनिक हुनेछन्। एप्पलले यसमा विल्कुलै नलौ फिचरको साथ सार्वजनिक गरे यसको नाम ‘आईफोन ७’ राखिने सम्भावना पनि छ।

नयाँ आईफोनमा के के हुने छन् विशेषता?

नयाँ आईफोनको स्क्रिनमा फोर्स टच र हेप्टिक फिडब्याक को विशेषता थपिनेछ।

force-touch-tech macbook
एप्पलले आफ्नो म्याकबुकमा प्रयोग गरेको फोर्स टच

के हो फोर्स टच र हेप्टिक फिडब्याक

फोर्स टचले स्क्रिनमा कति जोडले टच गरिएको छ भनि पत्ता लगाउछ। एकै ठाउँमा टच गर्दा पनि, हलुको टचले एउटा काम, अलि मज्जाले टच गर्दा अर्कोकाम गर्न सक्ने गरि यो टच प्याड निर्माण गरिएको छ। साथै स्क्रिनमा छुँदा कुनै भाइब्रेटर चलाइन्छ जसले गर्दा बटनमै थिचेको जस्तो भान गराउछ। प्रयोगकर्ताले स्क्रिनमा छुँदा मोबाइलले दिने यस्तो प्रतिक्रियालाई नै हेप्टिक फिडब्याक भनिन्छ।

छिटो गतिको प्रोसेसरiphone 7 prediction (3)

नयाँ आइफोनमा एप्पलको नयाँ A9 प्रोसेसर प्रयोग हुनेछ। यो प्रोसेसर आइफोन ६ मा प्रयोग गरिएको A8 प्रोसेसर भन्दा निकै छिटो गतिको हुनेछ। नयाँ आइफोनमा २ जीबी र्याम हुनेछ। गेम खेल्न र भिडियो हेर्न यी नयाँ अपग्रेडले निकै सहयोग गर्नेछन्।

उत्कृष्ट फ्रन्ट अनि रियर क्यामेरा

आईफोन ६ मा ८ मेगापिक्सलको रियर क्यामेरा थियो। अब आउने नयाँ आइफोनमा १२ मेगापिक्सलको क्यामेरा प्रयोग हुनेछ।iphone 7 prediction (1)

चहकिलो तस्बिरको लागि आईफोन ६ र ६ एसमा १.२ मेगापिक्सलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको थियो। नयाँ आईफोनमा फ्रन्ट क्यामेराको लागि राम्रो सेन्सरहरु प्रयोग हुने भनिएपनि कति मेगापिक्सलको हुन्छ जानकारीमा आइसकेको छैन। फ्रन्ट क्यामेरासंगै फ्ल्यास पनि राख्ने सम्भावना भने रहेको छ।

डिस्प्ले र रेडियो

पहिलेको भन्दा राम्रो पिक्चर क्वाटिलीको लागि एप्पलले झनै चहकिलो ओलेड स्क्रिन प्रयोग गर्नेछ। साथै Qualcomm MDM9635M चिप्सले पहिले भन्दा राम्रो सेलुलर रेडियोको सुविधा दिनेछ।

रंग र कभर नयाँ आईफोनमा एप्पले पहिले भन्दा बलियो आलमुनियमको कभर प्रयोग गर्न जादैछ। नयाँ आईफोन थप दुई नयाँ रंगमा सार्वजनिक हुनेछ। रोज गोल्ड र स्पेस ग्रे।

iphone 7 prediction (2) गत वर्ष सार्वजनिक भएको १० दिनमा बजार भित्रिएको आईफोन यो पटक पनि सार्वजनिक भएको केही दिनमा बजारमा आउने छ। सेप्टेम्बरको बिच तिर प्रयोगकर्ताले एप्पलको नयाँ आईफोन आफ्नो हातमा भेटन् पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?