Breaking News

नेपाल प्रहरीले ल्यायो इन्टरनेट बिनाको इमेल प्रविधि अब यसरी चलाउन सकिन्छ इमेल

Feb Tue 2020 05:40:58

386 views

नेपाल प्रहरीले ल्यायो इन्टरनेट बिनाको इमेल प्रविधि अब यसरी चलाउन सकिन्छ इमेल

नेपाल प्रहरीले पहिलो पटक नेपालमानै  इन्टरनेट बिनाको इमेल प्रविधि भित्र्याएको छ । पहिलो पटक नेपालमा भित्र्याएको उक्त प्रबिधिको गृहमन्त्री जनार्दन शर्माले उदघाटन गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि -H.F. Radio Data  को समेत उद्घाटन गर्नुभएको हो ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data  प्रविधि हो । यो ःMilitary Standard  को प्रविधिलाई Software Defined  प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server  सँग जडान गरिने हो भने Internet Browse  गर्न सकिन्छ । त्यसै गरी Email Server  मा जडान गरिने हो भने व्यक्तिगत Email Address  मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ ।
महानिरीक्षक प्रकाश अर्यालले धन्यबाद ज्ञापन गर्नुहुदै नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिको पक्षलाई आधुनिकीकरण गर्दै Technology based / Intelligence led policing  तर्फ जानुपर्ने कुरामा जोड दिनुभयो । सूचनाको संवेदनशिलतालाई मनन गर्दै सानो सूचनाको अभावमा उत्पन्न हुनसक्ने ठूलो सुरक्षा जोखिम न्यूनिकरण गर्नुपर्दा प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता महसुस हुने बताउँदै प्रहरी महानिरीक्षक अर्यालले सुरुका दिनमा सूचना तथा संचार प्रविधि एउटा साधनको रुपमा मात्र प्रयोग गरिएको भएता पनि यो आधुनिक प्रहरीको अनिवार्य आवश्यकता बनेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायब महानिरीक्षक डा.राजिव सुब्बाले प्रहरीमा सूचना तथा संचार प्रविधिको भूमिका विषयमा तथा नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले साइबर सुरक्षा र संवेदनशिलता तथा सेतोपाटी अनलाइनका प्रधान सम्पादक अमित ढकालले सूचनाको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  उक्त कार्यपत्रमा फेडेरेशन अफ कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष बिनोद ढकाल र नेपाल दुरसञ्चार केन्द्रीय कार्यालयका प्रमुख प्राविधिक लोचनलाल अमात्यले टिप्पणी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?