Breaking News

साइवर थ्रेट र सुरक्षाका बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको हातेमालो आवश्यक

Feb Tue 2020 05:40:38

414 views

साइवर थ्रेट र सुरक्षाका बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको  हातेमालो आवश्यक

नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम -   INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, फाइननान्स र मल्टिनेशनल कम्पनीहरुमा साइवर थ्रेट पनि बढेकोले आम नागरिकमाझ साइवर सुरक्षाको सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए ।

biplav-man-sing

कम्प्युटर एशोसिएन महासंघ (क्यान) का पूर्वअध्यक्ष एवं नेपाल सर्टिफाइङ कम्पनीका प्रमुख विप्लवमान सिंहले सूचना प्रविधिसम्बन्धी नीतिमा सुरक्षाका विषयलाई बेवास्ता गरिएको र भएका व्यवस्थाको पनि सही कार्यान्वयन नभएको बताए । सन् २००० मा बनेको सूचना प्रविधि नीतिको वास्तविक कार्यान्वयन नहुँदै ७ वर्षमा संशोधन गरिएको चर्चा गर्दै उनले नीति बनाउने तर बेवास्ता गर्ने परिपाटी रहेको अनुभव सुनाए । सूचना सुरक्षा अहिलेको जटिल विषय भएकाले जोखिम आउनुअगावै सतर्क हुन÷गराउन उनले सुझाए ।

पुल्चोक इन्जिनियरिङ संस्थानका प्रा. डा. सुवर्ण शाक्यले डाटा र नेटवर्क सेक्युटिरीका लागि इन्फोसेक जस्ता रेस्पोन्स टिमको सशक्त भूमिका रहने भनाइ राखे । नेपालमा ई—गभर्मेन्टको विकास हुँदै गरेको सन्दर्भमा सुरक्षा संवेदनशीलताको विषयलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बेला आएको उनको भनाइ छ ।pra-dr-subarna

त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर प्रल्हाद गिरीले नेपालमा बैंकिङ सिस्टम भर्चुअल करेन्सी र क्यासलेसमा गएकाले सेवाप्रदायक र उपभोक्ता दुवै सूचना प्रविधि सुरक्षामा जानकार हुनुपर्ने भनाइ राखे । उनले नेपालमा इन्फर्मेशन सेक्युरीटीका लागि वस्तुनिष्ठ अनुसन्धान आवश्यक रहेको बताए ।

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठले नीति निर्माणमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिदै डिजिटल प्रविधिमा वित्तीय सुरक्षाका लागि सशक्त नीति र कार्यक्रम लागू हुनुपर्ने बताए ।

4

कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) का सहायक निर्देशक एवं सूचना अधिकृत रमेश पोखरेल, क्यान महासंघकी सचिव सुनैना पाण्डे घिमिरे, सानोठिमी क्याम्पसका आइसिटी विभाग प्रमुख रेग भण्डारी, नेपाल प्रहरीका नविन्दा अर्याल, आइटीसर्ट नेपालका महासचिव खुशल रेग्मीलगायतले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?