Breaking News

‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि

Feb Tue 2020 05:40:32

879 views

‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि
कानमा लामो समयसम्म इएरफोन वा हेडफोन लगाउनु कानका लागी खतरा हुन्छ  । घटना ताइवानको ताइचुङ्गको हो । त्यहाँको एक विद्यार्थी राति ‘हेडफोन’ लगाएर सुतेका थिए । तर उनी विहान उठ्ने बेलामा कान नसुन्ने भएका छन् । डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उनको उपचार भइरहेको जनाएको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको एउटा कानले काम गर्न छोडेको बताएका छन् । ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजीका अनुसार सुत्ने समयमा हेडफोन वा इएरफोनको प्रयोग गर्न नहुने सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ । किनभने रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले कान र टाउको सम्म रगत विस्तारै रगत प्रवाह हुने भएकाले दिनमा भन्दा रातमा हेडफोनको प्रयोग खतरनाक हुन्छ ।त्यसैले तपाईहरु पनि विचार गर्नुस् । त्यस्तै ,सन् २०१८ मा न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार धेरै समय हेडफान वा इएरफोन प्रयोग गर्ने ५ मध्ये एकको सुन्ने क्षमता कम भएको पत्ता लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?