Breaking News

क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण

Feb Wed 2020 02:40:32

1022 views

क्यान अध्यक्षमाथि अख्तियारमा उजुरी, महासचिवमाथि स्पष्टिकरण
क्यान महासंघको नयाँ नेतृत्वको लागि अधिवेशन नजिकिँदै गर्दा विवादमा तानिएको छ । काठमाडौं महानगरपालिकामा समेत स्थायी कर्मचारी रहेका क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियालाई कार्यालय समयमा कार्यालयको कामकाज नगरेको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ। उजुरीका बारेमा अख्तियारले छानबिन गरिरहेका बेला क्यानका महासचिव रञ्जित पोदारले क्यान महासंघ, सुदुर पश्चिमको नाममा जारी गरेको पत्रको सम्बन्धमा अध्यक्षले ४८ घण्टे स्पष्टिकरण सोध्दै ‘तपाईलाई कारवाही किन नगर्ने ?’ भन्ने आसयको पठाएपछि क्यानको विवाद बाहिर आएको हो । वर्तमान अध्यक्ष हेमन्त चौरसियाले आगामी अधिवेशन प्रभावित गर्ने रणनीति अनुसार महासचिव पोदारलाई स्पष्टिकरण सोधिएको हुन सक्ने क्यानका एक अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?