Breaking News

सावधान ! मानसिक स्वास्थ्यका लागि इन्स्टाग्राम खतरनाक, यु ट्युब उत्तम

Feb Tue 2020 05:40:32

415 views

सावधान ! मानसिक स्वास्थ्यका लागि इन्स्टाग्राम खतरनाक, यु ट्युब उत्तम

बेलायतमा गरिएको एक सर्भेक्षणअनुसार इन्स्टाग्राम सोसल साइट मानसिक स्वास्थ्यका लागि खतरा रहेको देखाएको छ ।  अनलाइन सर्भेमा मानिसहरुलाई फेसबुक, टि्वटर, युटु्युब, इन्स्टाग्राम तथा स्न्यापच्याटले मानिसक स्वास्थ्यमा पार्ने असरको बारेमा सोधिएको थियो । मानिसहरुलाई स्वास्थ्यसँग सम्बन्धित विभिन्न १४ वटा प्रश्न सोधिएको थियो ।

त्यसक्रममा मानिसहरुले यु ट्युबलाई सबैभन्दा सकारात्मक प्लेटर्फम मानेका छन् । उनीहरुका अनुसार यु ट्युबले मानिसक स्वास्थ्यमा सबैभन्दा कम नकारात्मक असर पार्दछ । यु ट्युबपछि सकारात्मक प्ल्ेटर्फमको रुपमा टि्वटर र त्यसपछि फेसबुक रहेको छ ।

सोसल मिडिया प्रयोगकर्ताहरुले इन्स्टाग्राम तथा स्नापच्याटलाई सबैभन्दा खराब मानेका छन् । दुबै सोसल साइटहरु फोटो केन्दि्रत हुन्छन् । त्यसैले ती प्लेटर्फमले युवावर्गलाई बेचैन बनाउने तथा हीन भावना जागृत गराएर डिप्रेसनमा पूराउन सक्ने जोखिम रहन्छ ।

यो सर्भेको नतिजालाई मध्यनजर गरी स्वास्थ्य विशेषज्ञहरुले सोसल मिडिया प्लेटर्फमहरुलाई केही कदम उठाउन सुझाव दिएका छन् ः

  • जब कुनै मानिसले लामो समयसम्म सोसल साइटको प्रयोग गर्यो भने एक चेतावनीयुक्त पप अप देखाइदिने व्यवस्था गर्ने । जसलाई देखेर प्रइोगकर्ताले तत्कालका लागि सोसल मिडियाबाट बाहिरियोस् ।
  • मानसिक समस्यावाला प्रयोगकर्तालाई पहिचान गर्ने र मानिसक स्वास्थ्इका लागि सहयोग मिल्ने ठाउँहरुको बारमेा जानकारी गराउने ।
  • डिजिटल तरिकाले तोडमोड गरिने तस्वीर पहिचान गर्नका लागि एक आइकन बनाइदिने । जसबाट सोसल मिडिया प्रयोगकर्ताले त्यो तस्वीर सक्कली होइन भन्ने थाहा पाइहालोस्

- बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?