Breaking News

सामसुङ ‘जे फाइभ’ र ‘जे सेभेन’ फिचर

Feb Tue 2020 05:40:12

373 views

सामसुङ  ‘जे फाइभ’ र ‘जे सेभेन’ फिचर

सामसुङले ५० प्रतिशतसम्म डाटा बचत गर्ने ग्यालेक्सी ‘जे फाइभ’ र ग्यालेक्सी ‘जे सेभेन’ नेपाली बजारमा भित्राएको छ ।  ‘जे फाइभ’ र ‘जे सेभेन’ नेपाली ग्राहकमाझ लोकप्रिय बनेपछि कम्पनीले दुबै मोडलमा आकर्षक फिचरहरु थपेर २०१६ इडिसन ल्याएको हो ।

दुबै स्मार्टफोनमा अल्ट्रा डाटा सेभिङ मोड राखिएको छ । जसले ५० प्रतिशतसम्म डाटा बचत गर्नेछ। यो फिचरले इन्टरनेट चलाउँदा साइट र फाइलहरु सानो बनाइदिन्छ ।

अल्ट्रा डाटा सेभिङ मोडले ब्याक ग्राउन्डमा चल्ने अरु एपहरुलाई पनि स्वतः बन्द गरिदिन्छ । जसले गर्दा डाटा बचत गर्न मद्दत मिल्छ ।

दुबै स्मार्टफोनमा अर्को आकर्षक फिचरका रुपमा ‘एस बाइक मोड’ रहेको छ । यो सवारी चालकका लागी उपयुक्त फिचर हो । मोबाइलमा यो मोड ‘अन’ गरेपछि कल गर्ने व्यक्तिलाई बाइक चलाइरहेको संकेत दिन्छ । साथै, यदि जरुरी काम भएमा १ थिच्न भन्छ । ‘कलर’ले एक थिचेपछि मात्र बाइक चालकको मोबाइल बज्छ ।

एस बाइक मोडमा चालकले बाइक रोकेर मात्र फोन उठाउन मिल्छ । यो फिचरले मोबाइलका कारण हुने सवारी दुर्घटना कम गर्ने विश्वास गरिएको छ ।

तेस्रो आकर्षक फिचरका रुपमा अल्ट्रापावर सेभिङ मोड रहेको छ । यो फिचरले चार्ज सकिन लागेको मोबाइलको ब्याट्री लाइफ बढाइदिन्छ । जे सेभेनमा ३३०० एमएएच र जे फाइभमा ३१०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।Samsung-J5-J7

स्मार्टफोनमा अगाडि ५ मेगापिक्सेल र पछाडि १३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । अगाडि पछाडिका दुबै क्यामेरामा एलइडी फ्लास लाइट छ ।

क्यामेरामा अपार्चर (लेन्सको साइज) १.९ रहेको छ । लेन्सको साइज जति ठूलो भयो, त्यती नै बढी लाइट दिन्छ । दुबै स्मार्टफोनले कम प्रकाशमा समेत उज्यालो फोटो तथा भिडियो खिच्ने स्थापितले जानकारी दिए ।

सामसुङ जे सेभेनमा ५.५ इञ्च र जे फाइभमा ५.२ इञ्चको एचडी सुपर एमोलेड डिस्प्ले रहेको छ । दुबै स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न मिल्छ । स्टाइलिस डाइमण्ड कट मेटल फ्रेमले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ ।

Samsung-Galaxy-J5-New

सामसुङ जे फाइभ ।

दुबै स्मार्टफोनमा २ जीबी र्‍याम र १६ जीबी मेमोरी रहेको छ । मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

सामसुङ जे सेभेनमा १.६ गीगाहर्ज अक्टाकोर प्रोसेसर राखिएको छ भने जे फाइभमा १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसर राखिएको छ । दुबै स्मार्टफोनमा एन्ड्रोइड ६.० मार्समल्लो अपरेटिङ सिष्टम रहेको छ । जसले गर्दा स्मार्टफोन उच्च गतिमा चलाउन सकिन्छ ।

नेपाली बजारमा सामसुङ जे सेभेनको मूल्य २७ हजार ९ सय ९० रुपैयाँ र जे फाइभको २५ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । कम मूल्यमै अत्याधुनिक फिचर भएको हुँदा दुबै स्मार्टफोन ग्राहकको रोजाईमा पर्ने स्थापितको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?