Breaking News

भूकम्प आउनुभन्दा २२ सेकेण्ड अघि नै पूर्वसूचना दिने प्रविधि जडान गर्ने प्रधानमन्त्री ओलीको बोली

Feb Wed 2020 02:40:25

453 views

भूकम्प आउनुभन्दा २२ सेकेण्ड अघि नै पूर्वसूचना दिने प्रविधि जडान गर्ने प्रधानमन्त्री ओलीको बोली

१२ देखि २२ सेकेण्ड पहिला नै भूकम्प आउने सूचना दिने प्रविधि सरकारले ल्याउन लागेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए । ‘भूकम्पले ठूलो जनधनको क्षति भएको छ । तर यसले आम नेपालीलाई शिक्षा पनि दिएको छ । यो शिक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ’ उनले भने । भूकम्पले ३१ वटा जिल्ला प्रभावित भएपनि १४ वटा जिल्ला बढी प्रभावित छन् । ती जिल्लाहरुमा सर्वे सकिने वित्तिकै पुनर्निर्माणको काम सुरु हुने उनले बताए । उनले भूकम्पको नाममा आएका सहयोगको सदुपयोग हुने प्रतिवद्धता पनि जनाए । प्रधानमन्त्रीले सबै दलका नेताहरुले आ–आफ्ना दलबाट जनतालाई मार्का नपर्ने गरी स्वयं सेवक दिने प्रतिस्पर्धा गर्न पनि सल्लाह दिए । उनले भने ‘सरकार कानमा तेल हालेर सुतेको छैन । पुनर्निर्माणको लागि सरकारले नियम बनाएको छ । ६ अर्व त भर्खरै वितरण गरिएको छ ।  जनतले न्यानो कपडा पाएका छन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?