Breaking News

२४ मेगापिक्सेल क्यामेरा भएको जियोनी स्मार्टफोन

Feb Tue 2020 05:40:46

722 views

२४ मेगापिक्सेल क्यामेरा भएको जियोनी स्मार्टफोन

चिनियाँ स्मोर्टफोन निर्माता कम्पनी जियोनीले आफ्नो अहिलेसम्मकै उत्कृष्ट क्यामेरा भएको स्मार्टफोन इलाइफ ई-एट नेपाली बजारमा भित्राएको छ ।

स्मार्टफोनमा ०२ सेकेन्डको अत्यन्त छिटो फोकस भएको क्यामेरा जडान गरिएको छ । यसमा पछाडि २४ मेगापिक्सेल अटोफोकस क्यामेरा र अगाडि ८ मेगापिक्सेल क्यामेरा रहेको छ ।

gionee-elife-e8 Final 3

फोनमा क्यामेराको लागि भनेर डेडिकेटेड बटन राखिएको छ । ३ एक्ससम्मको लसलेस जुम क्षमता पनि यसमा रहेको छ ।

स्मार्टफोनमा आलुमिनियम बडी र ६ इञ्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । २ गीगाहर्ज ६४ बिटको अक्टाकोर प्रोसेसर, ३ जीबी र्‍याम, ६४ जीबी आन्तरिक मेमोरी, एन्ड्रोइड ५.१ ल्लिपप अपरेटिङ सिष्टम फोरजी/फोरजी डुअल सीम, ३५ सय एमएएच क्षमताको फाष्ट चार्जिङ ब्याट्री लगायतका विशेषता रहेका छन् ।

यसमा अर्को विशेषताको रुपमा फिंगर प्रिन्ट स्क्यानर रहेको छ ।

जियोनीले राजधानीमा दोस्रो एक्सक्लुसिभ शो-रुम विस्तार गरेको छ । मिस नेपाल इभाना मानन्धरले ताम्राकार कम्प्लेक्समा रहेको जियोनीको दोस्रो एक्सक्लुसिभ शो-रुम उदघाटन गरिन ।

Gionee_Elife_E8 final

शो-रुममा जियोनीका सम्पूर्ण मोडेलहरु उपलब्ध हुने बताइएको छ । पाको न्यु रोडमा पहिलो शो-रुम खोलेको दुई महिना नबित्दै दोस्रो शो-रुम खोल्न सक्नुलाई जियोनीले उपलब्धिको रुपमा हेरेको छ ।

जियोनीले दशैं तिहारको उल्लासमय अवसरमा ‘गेट स्मार्ट’ क्यासब्याक अफर पनि उपलब्ध गराएको छ । जसअन्तर्गत ग्राहकहरुले इलाइफ एस सेभेन, म्याराथन एम ५ र म्याराथन एम ३ मा क्यास ब्याकको प्राप्त गर्नेछन् ।

gionee-elife-e8 Final 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?