Breaking News

न्युज एप : आफ्नो रुची अनुसार समाचार खोज्न र पढ्न मिल्ने

Feb Tue 2020 05:40:55

214 views

न्युज एप : आफ्नो रुची अनुसार समाचार खोज्न र पढ्न मिल्ने

योविभिन्न माध्यममा प्रकाशित समाचार एकै थलोमा मोबाइलमा हेर्न उपयोगी ‘नयाँ न्यूज’ एपको विकास भएको छ ।  एपको प्रयोगबाट एन्ड्रोइड र आईओएस स्मार्टफोनमा विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचार हेर्न सकिन्छ । अनलाइन प्रयोगकर्ताले कम समयमा धेरै समाचार एकै ठाउँबाट पढ्न सकुन भन्ने हेतुले नयाँ यात्रा प्रालिले ‘नयाँ न्यूज’ एपको निर्माण गरेको जनाएको छ ।  यो एपले सबै समाचारलाई एउटै प्लेटफर्ममा ल्याउँछ ।  यसले पाठकलाई विभिन्न अनलाइन तथा पत्रपत्रिकाका समाचार फरक फरक ठाउँमा खोजी पढ्नुपर्ने झण्झटबाट मुक्त गर्ने विश्वास निर्माताको रहेको छ । ‘नयाँ न्यूज’ एपमा समाचार आफै वर्गीकरण गरिने भएकाले आफ्नो रुची तथा आवश्यकता अनुसार समाचार खोज्न र पढ्न सजिलो छ ।  राजनीतिक, सामाजिक, खेल, आर्थिक वा अरु कुनै विषयमा भएका वर्गीकरण अनुसार समाचार पढ्न सकिनेछ ।  यो एपको मुख्य विशेषता भनेको यसले समाचारको गुणस्तरलाई बढी महìव दिन्छ ।  गुणस्तर नभएका समाचार क्रमशः लिस्टमा पछि पर्दै जाने विशेषता रहेको छ ।  साथै यो एपको अर्को विशेषता भनेको सबै समाचारमा त्यस समाचारसँग सम्बन्धित विषयमा लेखिएका समाचारको वर्गीकरण तथा अन्य स्रोतमा सम्बन्धित समाचारको विकल्प समावेश गर्नु हो । - अजय शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?