Breaking News

बेलायती राजकुमार ह्यारीको चासो : महिलाले खुल्लारुपमा भोगिरहेका समस्याप्रति गम्भीर बनौं

Feb Tue 2020 05:40:43

719 views

बेलायती राजकुमार ह्यारीको चासो : महिलाले खुल्लारुपमा भोगिरहेका समस्याप्रति गम्भीर बनौं

काठमाडौं। ‘सक्षम बालिका समृद्ध नेपाल’ नारासहित काठमाडौंमा दास्रो बालिका  सम्मेलनलाई सम्बोधन गर्दै बेलायती राजकुमार ह्यारीले विश्व मै महिला र बालिकाहरूलाई अवशरबाट बन्चित गरि सानै उमेरमा विवाह गर्न बाध्य पारिएको बताउनुभयो। बालविवाह नेपालकामात्रै समस्या नभइ यो विश्व कै समसया रहेको भन्दै उहाँले वाल विवाहका कारण महिलाको शिक्षा,स्वास्थ्य र उनीहरूको समग्र समाजिक अवस्था कमजोर हुँदा सम्पुर्ण समाज र देशलाई नै नकारात्मक प्रभाव परिरहेको औल्याउनुभयो।

उहाँले भन्नुभयो ‘धेरै देशहरू बिभिन्न संस्कृतिका कारण बालिका र किशोरीहरूले पाउनुपर्ने अवशर संरक्षण गर्न असफल भइरहेको छन् जुन अवसर किशोरहरूले मात्र पाइरहेका छन्, कम्तिमा म र म जस्ता सवै पुरुषले किशोरीहरूले ठूलो र खुल्लारुपमा यस्ता समस्या र चुनौतिको सामना गरिरहेको कुरा स्विकार्नु अत्यन्त महत्वपुर्ण छ ।’

Prince edited

विश्वमा करिव ७० करोड महिलाको बालविवाह भएको र ती मध्ये २५ करोड बालिकाको विवाह १५ वर्ष कै उमेरमा भएको तथ्याकं उहाँले प्रस्तुत गर्नुभएको थियो। यो समस्याको अन्त्यका लागि सवैको शिक्षामा पहुँच पुर्‍याइ परिवार, समाज र देश रुपान्तरण गर्नु आवश्यक भएकोमा उहाँले जोड दिनुभयो। उहाँले नेपाललाई यस्ता कुरीतिविरुद्ध लड्न बेलायत सरकारको सहयोग सधैँ रहने बताउनुभयो।

बालविवाह अन्त्यका लागि बालिका सम्मेलन महत्वपुर्ण

कार्यक्रममा बोल्दै उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले पित्तृसत्तात्मक सोच, गरिवी र कुसस्ंकारका कारण हुने वालविवाह महिलामाथि हुने हिंसाको चरम रुप र सामाजिक अपराध भएको बताउनुभयो। उहाँले यसविरुद्ध सरकारले क्षमता बढाउने, चेतना जगाउने, निती नियम बनाउने काम गरेपनि परिणाम सन्तोषजनक नरहेको औंल्याउनुभयो। बालविवाह अन्त्यका लागि दिगो विकास लक्ष्यमा उल्लेख गरिएको उद्देश्य पुरा गर्न नेपाल सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो।

GS6

सम्मेलनमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले दिगो विकास लक्ष्य र नेपाल सरकारले गतवर्ष वेलायतमा सम्पन्न पहिलो बालिका सम्मेलनको प्रतिवद्धता पुरा गर्न बालविवाहविरुद्धको रणनीति पारित गरेको र अव यस अनुसार कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिनुभयो।

यो सम्मेलनमा बालविवाह उच्च रहेका  १५ जिल्लाका ५९ जना किशोर किशोरीकाे सहभागिता छ। सम्मेलनकाे उद्घाटन राष्ट्रपति  विद्या भण्डारीले गर्नु भएकाे हाे ।

सम्मेलनमा बालविवाह अन्त्यका लागि नीति र कानुन कार्यान्वयन, सामाजिक कुरीति र अभ्यास परिवर्तन र किशोरकिशोरी तथा युवाहरूको आवाजः उनीहरुका अभियानबाट सिकिएको पाठ विषयमा ३ वटा समानान्तर सत्र आयोजना गरिएको छ।

- Mahilakhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?