Breaking News

सूचना प्रविधिमा नेपाली (सरकारी कामकाज) को भाषाको व्यवस्थापन एकरुपता कहिले ?

Feb Tue 2020 05:40:56

316 views

सूचना प्रविधिमा नेपाली (सरकारी कामकाज) को भाषाको व्यवस्थापन एकरुपता कहिले ?
नेपाली भाषाको बिषयमा चिन्ता ! विज्ञहरूवीच घम्साघम्सी वाकयुद्ध !!
एउटै व्यक्तिको अभिलेख पासपोर्ट, लाईसेन्समा फरक फरक अभिलेख हुन थालेको र प्रविधिमा भाषाको एकरुपता हुनुपर्ने, अन्यौलता राख्न नहुने, सिकाई प्रक्रियामा भ्रम पार्न नहुने, भाषालाई विगार्न नहुने लगायतका कुरामा विज्ञहरुले जोड
1

प्रेस काउन्सिल नेपाल र सूचना प्रबिधि तथा भाषा अध्ययन समाजको सयुक्त आयोजनामा सोमबार राजधानीमा ' सूचना प्रविधिमा नेपाली (सरकारी कामकाज) को भाषाको व्यवस्थापन 'बिषयक अन्तरक्रिया कार्यक्रममा काउन्सिल अध्यक्ष वोर्ण वहादुर कार्कीले भाषाको संरक्षण र सम्वद्र्धन गर्दै अपभ्रंश हटाई शुद्धिकरण तथा प्रविधिमैत्रीका लागि जोड दिनुपर्नेमा धारणा राख्नुभयो । कार्यक्रममा डा.लक्ष्मीप्रसाद खतिवडा र इन्जिनियर सन्त बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएकोमा भाषाविद् चुडामणि गौतम, प्रा.डा. हेमाङ्गराज अधिकारी, डा.बलदेव अधिकारी, शरच्चन्द्र वस्ती, बलराम प्रसाई, तोयानाथ भट्टराई, कर्णाखर खतिवडा, केदार शर्मा लगायतका वक्ताहरुबीच घम्साघम्सी वाकयुद्ध नै भयो । एउटै व्यक्तिको अभिलेख पासपोर्ट, लाईसेन्समा फरक फरक अभिलेख हुन थालेको र प्रविधिमा भाषाको एकरुपता हुनुपर्ने, अन्यौलता राख्न नहुने, सिकाई प्रक्रियामा भ्रम पार्न नहुने, भाषालाई विगार्न नहुने लगायतका कुरामा विज्ञहरुले जोड दिनुभयो ।

रिपोर्ट/तस्विर : महेन्द्रराज सिंह

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?