Breaking News

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

Feb Tue 2020 05:40:37

382 views

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु
सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ पिक्सेल प्रति इन्च रहेको छ । परफमेन्स स्पेसिफिकेसनः एन्ड्रोइड ७.१.१ अपरेटिङ सिस्टम रहेको नोट एटमा अक्टाकोर क्वालकोम स्नापड्रागन ८३५ प्रोसेर रहेको छ । यसमा ६ जिबीको र्याम रहेको छ । आइरिस स्क्यानरसः फोनको सेक्योरिटीका लागि एक कदम अगाडि बढ्दै ग्यालेक्सी नोट एटमा आइरिस स्क्यानर प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको आँखाको नानी स्क्यान गरेर फोन अनलक्ड गर्दछ । फिंगरप्रिन्ट सेन्सरसः आइरिस स्क्यानरका अलावा ग्यालेक्सी नोट एटमा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । यो डुअल क्याम सेटअपका साथ फोनको पछाडिको भागमा रहेको छ । मेमोरी कार्ड स्लटः यो फोन विभिन्न ३ वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ यसको ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तिनवटा मोडेल उपलब्ध हुनेछन् । यसका साथै एक्सटर्नल मेमोरीका लागि छुट्टै मेमोरी कार्ड स्लट पनि हुनेछ । जसबाट स्टोरेजलाई अझै बढाउन सकिनेछ । वायरलेस चार्जिङः ग्यालेक्सी नोट एटको अर्को महत्वपूर्ण फिचर भनेको वायरलेस चार्जिङ टेक्नोलोजी हो । यसको ३३०० मिलिएम्पियर आवर क्षमताको ब्याट्रीले वायरलेस चार्जिङ तथा फास्ट चार्जिङ सपोर्ट गर्दछ । डुअल क्यामरा सेटअपः यो फोनमा पछाडिपट्टि १२ मेगापिक्सेलका दुईवटा मुख्य क्यामरा राखिएका छन् । त्यस्तै सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । पानी तथा धुलो नछिर्नेः सामसुङको नोट सिरिजको यो सबैभन्दा महंगो स्मार्टफोन पानी तथा धुलो प्रतिरोधी रहेको छ । कम्पनीका अनुसार ५ फुटसम्म गहिरो पानीमा ३० मिनेटसम्म रहँदा पनि यो फोन र यसको एस पेनमा कुनै असर पर्दैन । स्क्रिनसट लिनुहोस् र त्यसमाथि लेख्नुहोस्ः यो फोनमा यदि तपाइँ कुनै स्क्रिनसट लिनुहुन्छ भने आवश्यकता पर्दा त्यो स्क्रिनसट इमेजमाथि केही नोट लेख्न वा त्यसका कुराहरु हाइलाइट गर्न सक्नुहुन्छ । लाइभ मेसेजिङ फिचरः यो फोनमा लाइभ मेसेजिङ नामको एक गज्जबको फिचर छ । जसको मद्दतले तपाइँले आफैं एनिमेसन वा जिआइएफ बनाएर आफ्नो मनपर्ने मेसेजिङ प्लेटफर्ममा शेयर गर्न सक्नुहुन्छ । भ्वाइस एसिस्टेन्ट फिचरः यसमा सामसुङको बिक्सबी भ्वाइस एसिस्टेन्ट फिचर रहेको छ । रङ तथा मूल्यः यो फोन विभिन्न ४ वटा रङमा उपलब्ध छ । यसको मूल्य अमेरिकामा न्यूनतम ९ सय २९ डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?