Breaking News

‘आइपीएस सेवाबाट ग्राहकले अनलाइनमार्फत बिना चेक रकम टान्स्फर गर्न सक्ने

Feb Wed 2020 02:40:30

668 views

‘आइपीएस सेवाबाट ग्राहकले अनलाइनमार्फत बिना चेक रकम टान्स्फर गर्न सक्ने

काठमाडौ । एउटा बैँको खाताबाट अर्को बैकको खातामा चेकबिनै रकम भुक्तानी गर्न सकिने भएको छ । बैँक तथा वित्तीय संसथाको अकाउन्ट पेयी चेकमा विद्युतीय प्रणालीबाट भुक्तानी सेवा दिँदै आएको नेपाल क्लियरिङ हाउसले अन्तरबैँक भुक्तानी प्रणाली सेवासमेत सञ्चालन गर्न लागेको  कारोबार दैनिकमा खबर छ । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफ्नो खाताको रकम अर्को बैँक खातामा सिधैँ भुक्तानी दिन सक्नेछन् । अहिले चेक नै काट्नुपर्ने बाध्यता छ ।

‘आइपीएस सेवा सुरु भएपछि ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन्, क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले भने–अहिले बैँक तथा वित्तीय संस्थाबीच सम्झौता भइरहेको छ, बैशाखसम्म सेवा सुरु गरिसक्छौँ ।’

यो सेवासँगै सर्वसाधारणले साधारण सेयर भर्दा नपरेको रकम पनि सिधै खातामा जम्मा हुनेछ । अहिले आईपीओमा नपरेको रकम सेयर भर्ने व्यक्तिको खातामा जम्मा हुने गरी अकाउन्ट पेयी चेक प्रयोग दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?