Breaking News

आयल निगम प्रमुख खड्कालाई अख्तियारले समात्यो

Feb Tue 2020 05:40:32

391 views

आयल निगम प्रमुख खड्कालाई अख्तियारले समात्यो

gopal-khadka

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अख्तियारले समाएको छ । ठाडो तोक आदेशमा तेल दिएको प्रमाण भेटेपछि अख्तियारले उनलाई समाएको हो । भलवारी डिपोबाट काठमाडौंको निजी पम्पका लागि ल्याइएको तेलमा अनियमितता भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानविन थालेको छ । यसअघि खड्काले स्वयम्भुमा रहेको हामा पेट्रोल पम्पका लागि १२ हजार लिटर डिजेल आयल निगमको भलबारी डिपोबाट झिकाएका थिए । निगमको पेट्रोलियम बिक्रीका अनियमितता भएका समाचारहरु गत एकसातादेखि लगातार प्रकाशित हुँदै आएका छन् । आयोगले निगमका कार्यकारी निर्देशक खड्कालाई बोलाएर सोधपुछ सुरु गरिसकेको छ । आयोगको भैरहवामा रहेको कार्यालयलाई समेत छानविन अघि बढाएको छ । इन्धन अभावको मौका छोपी विभिन्न सरकारी निकायबाटै कालोबजारी हुँदै आएको छ । इन्धनका टयाङकर लगातार नेपाल भित्रिए पनि निगमले तेल बाँडेको छैन । तर बजारमा गुड्ने सवारीसाधनहरुको चाँप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?