Breaking News

सन् २०१५ मा १ सय ३५ पत्रकारको हत्या, २०१६ पत्रकारीता भविष्य रिपोर्ट यस्तो

Feb Tue 2020 05:40:49

351 views

सन् २०१५ मा १ सय ३५ पत्रकारको हत्या, २०१६ पत्रकारीता भविष्य रिपोर्ट यस्तो

जेनेभा (स्वीट्जरल्यान्ड) ।  स्वीट्जरल्यान्डको जेनेभामा अवस्थित पत्रकारका अधिकार निम्ति सङ्घर्षरत् प्रेस एम्ब्लेभ क्याम्पियन (पीईसी) ले सोमबार सन् २०१५ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्षभरी विभिन्न ३३ राष्ट्रका १३५ पत्रकार मारिएको बताएको छ ।   पत्रकारमाथिको सुरक्षा चुनौती सन् २०१६ मा पनि अझ विकराल रहनसक्ने प्रतिवेदनमा जनाइएको छ ।   गएको डिसेम्बरमा प्रकाशित भएको प्रतिवेदनलाई अद्यावधिक गरी सोमबार सार्वजनिक गरिएको उक्त रिपोर्टमा डिसेम्बर १४ पछि नयाँ वर्षको प्रारम्भसम्म नै पाँच जना पत्रकार मारिएको तथ्याङ्कमा बताइएको छ ।   सन् २०१४ मा जम्मा १३८ पत्रकारको अकालमा मृत्यु भएकोमा यस वर्ष विश्वभर तीन जना कम अर्थात् १३५ जना विभिन्न घटनामा मारिएका छन् ।   यो अघिल्लो वर्षको मृत्यु सङ्ख्याको दुई प्रतिशतले कमी हो ।  मारिएकामध्ये दुईतिहाई पत्रकार विश्वका १० राष्ट्रमा मारिएका तथ्याङ्कमा बताइएको छ ।   सन् २०१५ मा सिरियामा मात्रै १३ जना पत्रकार मारिएका छन् भने इराक र मेक्सिकोमा बराबरी सङ्ख्यामा १०÷१० जना विभिन्न झडप तथा पत्रकारमाथिको हिंसात्मक आक्रमणमा मारिएका छन् ।   यसैगरी फ्रान्समा नौ जना पत्रकारको अकालमा मृत्यु भएको छ भने लिबियामा आठ, फिलिपिन्समा आठ र ब्राजिलमा आठ जना मारिएका प्राप्त समाचारमा उल्लेख छ ।   भारत, दक्षिण सुडान र लिबियामा सात जनाको दरले २१ पत्रकारको अकालमा ज्यान गएको छ ।   यो वर्ष पत्रकारका लागि खतरा मानिएका दक्षिण सुडान र यमन यसअघि पत्रकार खासै असुरक्षित महसुस नभएका राष्ट्र हुन् ।   गएको १० वर्षमा पछिल्ला चार वर्ष पत्रकारका लागि असुरक्षित महसुस गरिएका वर्ष भएका छन् ।   पीईसीले पत्रकारमाथिको बढ्दो हिंसालाई मध्यनजर गर्दै छानबिन र विश्वसनीयताका  लागि थप सशक्त संयन्त्रको निर्माण गरी घटनामा संलग्नलाई दण्डहिनताबाट उम्कन नदिन आग्रह गरेको छ ।

  • सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?