Breaking News

यसरी फेसबुक प्रोफाइल फोटोमा भिडियो राख्न सकिने

Feb Tue 2020 05:40:10

629 views

यसरी फेसबुक प्रोफाइल फोटोमा भिडियो राख्न सकिने
फेसबुकले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ। यस फिचरमा प्रोफाइल पिक्चरका सट्टामा ७ सेकेन्डको भिडियो राख्ने सकिने छ।
यो फिचर करिब ६ महिना अघि क्यालिफोर्निया र बेलायतका प्रयोगकर्ताको लागि उपलब्ध थियो। ती देशमा पनि आईओएस (IOS) का लागि मात्र यो सेवा उपलब्ध गराइएको थियो।
एनिमेटेड फोटो प्रोफाइल पेजमा गएपछि मात्र हेर्न सकिन्छ। यस एनिमेटेड प्रोफाइल पिक्चर सुविधा फेसबुक वेबसाइटमा गर्न नसकिने कम्पनीले जनाएको छ।
यस सुविधाको प्रयोग गर्न आईफोन, आईप्याड र आईपड टचमा फेसबुकको लेटेस्ट भर्जन ४७ हुनुपर्छ।
यसपछि फेसबुक पेजको दायाँ पट्टि रेहको मोर (More) विकल्पमा क्लिक गर्ने। त्यसपछि “View your Profile”  मा क्लिक गर्ने। प्रोफाइल पेजको ठीक तल एक मुभिङ क्यामराको आईकन (Icon) देखिन्छ।
उक्त आईकनमा क्लिक गर्ने। मेनु (Menu) खुलेपछि नयाँ प्रोफाइल भिडियो राख्न वा अपलोड गर्न सकिन्छ। यसपछि एपले फोनको फोटो र क्यामरा प्रयोग गर्ने अनुमति माग्छ। यसपछि भिडियोको लम्बाई ट्रिम (Trim) बटनको मद्दतले कम गर्ने। यसपछि नेक्स्ट (Next) मा क्लिक गर्ने। प्रोफाइल पिक्चरको लागि फ्रेम (Frame) छान्ने र सेभ गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?