Breaking News

रुप खोज्ने आँखाहरु धेरै छन्, मन खोज्ने मायालु भेटेको छैन -सिर्जु अधिकारी

Feb Tue 2020 05:40:50

653 views

रुप खोज्ने आँखाहरु धेरै छन्, मन खोज्ने मायालु भेटेको छैन -सिर्जु अधिकारी
"चर्चित लोक दोहारी गायीका तथा मोडल सिर्जु अधिकारीसंग दिपेन्द्र घिमिरेले गरेको अन्तरंग कुराकानी"

स्वागत छ सिर्जु जी, के मा व्यस्त हुनुहुन्छ आजकाल ?  हजुर धन्यवाद, आधुनिक गीत गर्दै छु, गीत संगित गर्दै घरमा भनौ । नेपाली संगितसंगै अभिनयमा पनि यहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । सुरुवात कसरि भयो ? rup पहिलो अनुभव संम्झिदा.... म्युजिक भिडीयोबाट सुरु गरे । धेरै फरक अनुभव बटुलेकी छु । कता कता डर लाग्थ्यो, के हुने हो, कस्तो हुने हो तर समयसंगै सबै ठिक हुदै गयो । अहिलेसम्म आईपुग्दा आफुलाई धेरै सुधार्ने मौका पाएकी छु परिवर्तित दिन संगै । संगितमा लागेको कति वर्ष भयो ? के रहेछ यो क्षेत्र ?? कसरि बुझ्नु भएको छ ???  सानै देखि हो । फर्मल्ली गाउन थालेको दश वर्ष भयो । यो क्षेत्र जति हेर्दा सजिलो छ, त्यति भित्र कठिन छ । संगित जीवन जीउने आधार हो र सुरताल भावनाको संगम । सन्तुष्ट हुनुहुन्छ यो क्षेत्रबाट ? भविष्या कस्तो देख्नुहुन्छ ??  सन्तुष्ट त को मान्छे कुन क्षेत्रबाट हुन्छ र ? जे होस् आफुले रोजेको क्षेत्र हो खुसि नै छु अनि आशावादी छु मेरो भविष्यप्रति ।

स्टेजमा नि खुब जम्नु भएको छ । केही समयपछि मलेसिया जाँदै हुनुहुन्छ हईन ?  जम्न बाँकी छ । सिर्जुले जादु देखाउन अझै बाँकी छ । हजुर हो मलेसियामा हुने कार्यक्रममा जाँदै छु । चारवटा शो छ मलेसियाको विभिन्न स्थानमा फेब्रुअरी ७, ८, ९ र १० मा । संगै राजेशपायल राई दाई, जीतु दाईपनि हुनुहुन्छ । एकदम एक्साईटेडपनि छु अनि तयारीपनि जोडतोडले भइरहेको छ । सिर्जु जी संगितभन्दा फरक पाटोमा यहाँ कस्तो व्यक्ति हो ??  म फ्रान्क, हेल्पफुल, सफ्ट हर्टेड, नर्मल गर्ल, चञ्चले स्वभाव । रंगिन दुनियामा रमाउनुभएको तपाईलाई भमराहरुले पक्कै सताउदो होलान् । ती मध्ये कोही मनमा बसेनन् अहिलेसम्म ???  बाँकी नै छ त्यो प्रेम सम्वन्धमा बाँधिन । वास्तवमा सब मोमेन्टरी हुन्.....मनदेखि माया गर्ने आजसम्म पाएकी छैन । रुप खोज्ने आँखाहरु धेरै धेरै आउछन्, मन खोज्ने मायालुलाई कहाँ भेटिएला ?????? अन्तिममा केहि..... 

शुभचिन्तकको मनमा बस्न चाहन्छु, मन जित्न चाहन्छु । सगितलाई पुजा गर्छु मेरो यो क्षेत्रलाई बुझिदिनुहोला । साधना,तपस्या र त्याग चाहिन्छ यो क्षेत्रमा । सदैव सबैको माया चाहन्छु .....सुझाव र प्रतिक्रिया चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?