Breaking News

फोनबाट गाली ? १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

Feb Wed 2020 02:40:35

901 views

फोनबाट गाली ? १ वर्ष जेल, १५ लाखसम्म जरिवाना
दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जतिवाना वा एक वर्षसम्म कैदा वा दुवै सजाय हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?