Breaking News

‘कसले भन्यो म मरेँ भनेर अमिताभले भनेपछि सामाजिक सञ्जालमा फैलिएको भ्रम हट्यो

Feb Wed 2020 02:40:27

364 views

‘कसले भन्यो म मरेँ भनेर अमिताभले भनेपछि सामाजिक सञ्जालमा फैलिएको भ्रम हट्यो

एजेन्सी।

केहि दिनयता देखि फेसबुक र ह्वाट्सएपमा बलिउड मेगास्टार अमिताभ बच्चनको निधन भएको खबर आइरहेको थियो। खबर के थियो भन्दा- ‘फेब्रुअरी २३ को विहान ११ बजे अमिताभ बच्चनले यस दुनियालाई विदाई गरेका छन्। त्यसैले हामी सबै उनको आत्माको चीरशान्तिको लागि प्रार्थना गरौँ।’

यस्तो अफवाहको कारण ‘बिग बी’का शुभचिन्तकहरूमा तनाव फैलिन थालेको थियो र कतिले त पत्याएर उनलाई श्रद्धाञ्जली पनि अर्पण गरिसकेका थिए। यस्तो अफवाह सुनेर अमिताभले हाँस्दै यसो भने- “कसले भन्यो म मरेँ भनेर? म बिलकुल ठीक छु।” अमिताभले यसलाई ‘टेक्नोलोजीको साइटइफेक्ट’ पनि भनेका छन्।

हुन त यस्तो अफवाहको शिकार हुनेवाला अमिताभ मात्र कहाँ हुन् र? केहि समय अगाडि दिलीप कुमारको विषयमा पनि यस्तै हल्ला फैलिएको थियो। त्यसैगरी ‘यो यो हनी सिंह’, ‘गुल पनाग’, ‘लता मंगेश्कर’ लाई लिएर पनि यस्तो अफवाह फैलिएको थियो कि उनीहरूको मृत्यु भयो।

हलिउडमा ‘रिहाना’, ‘ब्रिटनी स्पेयर्स’, ‘जनी डेप’, ‘टम ह्याङ्क्स’ पनि यस्तो हल्लाको शिकार बन्न पुगेका थिए।nepaliheadlines

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?