Breaking News

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

Feb Tue 2020 05:40:10

680 views

आईफोनको फेसआईडी असुरक्षित, दुई मिनेटमै ह्याक हुन सक्छ !

एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ।

एक रिसर्चका अनुसार एप्पल डिभाइसको यस फेस आइडी फिचरमा एउटा त्यस्तो ‘बग’ छ जसका कारण एप्पलको फेस आइडी कालो टेप र चश्माको मद्धतले अनलक गर्न सकिन्छ ।

चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले ब्याक ह्याट सेक्युरिटी कन्फ्रेन्सका समयमा एप्पलको फेस आइडी फिचरमा रहेको बगको लाइभ देखाइएको थियो ।

सोधकर्ताहरुका अनुसार २ मिनेटमै आइफोन ह्याक गर्न सकिन्छ । कन्फ्रेन्सका क्रममा आइफोनको लक खोलेर देखाइएको थियो ।

टेन्सेन्ट रिसर्चको एक टोलीले ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने बताएको छ। टीमले ब्ल्याक ह्याट सेक्युरेटी कन्फ्रेसमा यो समस्याबारे जानकारी दिएका हुन्।

अहिले सार्वजनिक भएको यस किसिमको कमजोरी आईफोनले अनलकको क्रममा कसरी डाटा कसरी क्याप्चर गर्छ भन्ने विषयसँग सम्बन्धित थियो। एक अनलाइन वेबसाइटका अनुसार यदि प्रयोगकर्ताले फेसअनलक गर्ने बेलामा चश्मा लगाएको छ भने यसले आँखा र त्यसको नजिकैको ३डी जानकारी लिँदैन।

लाइभनेर फिचर्सले ब्याकग्राउण्ड नोइज, रेस्पोन्स डिस्टार्शन र फोकस ब्लरलाई पनि पहिचान गर्न सक्छ। यसले प्रयोगकर्ताको आँखाको पनि स्क्यान गर्छ। तर, यदि चश्मा लगाएको छ भने यसको आँखा स्क्यान गर्ने प्रक्रिया फेरिन्छ। यस्तोमा यसै किसिमको कमजोरीलाई आधार बनाउँदै कालो टेपको सहयोगमा एप्पलको फेस आईडी प्रविधिलाई झुक्याउन सकिन्छ। चश्माको भित्री भागमा कालो टेप लगाएपछि यसलाई सम्बन्धित व्यक्तिलाई लगाइदिएर आईफोन अनलक गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?