Breaking News

Feb Wed 2020 02:40:52

726 views

- सावित्री बस्नेत सिएसआइटीका ब्याचर लेभलका बिद्यार्थी लक्षित एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न भएको छ । साइबर सेक्युरिटीमा करिअर खोज्ने बिद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ मा वर्कशप बढी केन्द्रित थियो । साइवर सुरक्षा अहिलेको विश्वव्यापी मुद्दा बन्दै गएकोले अबको भविष्य साइवर सेक्युरिटी क्षेत्रमा रहनेमा दुइमत नरहेको आइटी विज्ञहरुको दाबी छ । वर्कशप इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा भएको हो । सेमीनार तथा वर्कशपमा बीमा समितिका आइटी प्रमुख मिलनराज नेपाली र पेनटेस्ट्रर नेपालका रिसोर्स पर्सन अवर्तन ढकालले साइवर सेक्युरिटीको स्कोप बारेमा आफ्नो ज्ञान र अनुभव शेयर गरेका थिए । साथै एकेडेमी तवरले प्रिजेन्टेसन समेत गरेका थिए । सेमीनार तथा वर्कशपमा आइसिटी एवं इन्जिनियरिङ कलेजका ३ दर्जन विद्यार्थीहरुको सहभागीता रहेको थियो । वर्कशपले क्यारियर काउन्सिलिङका महत्वपूर्ण ज्ञान र जनकारी प्रदान गरेको बिद्यार्थीहरुले बताए । प्रविधिको आविष्कार र प्रयोगले साइवर सुरक्षाको दायारा बढ्दै गएकोले आइसिटीमा करिअर बनाउन खोज्ने बिद्यार्थीहरुका लागि साइवर सेक्युरिटी विषयलाई एक्पोस गराउनुपर्नै अहिलेको आवश्यकता अनुरुप यस किसिमको सेमीनार वर्कशपहरु इन्फोसेक नेपालले गर्दै आइरहेको संस्थाका अध्यक्ष चिरञ्जिवी अििधकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?