Breaking News

वाल स्ट्रीट जर्नलको ‘भारतले नेपालको नयाँ संविधान असफल बनाउँदैंछ’ भन्ने सम्पादकीय पूरा पढ्नुहोस्

Feb Wed 2020 02:40:35

622 views

वाल स्ट्रीट जर्नलको  ‘भारतले नेपालको नयाँ संविधान असफल बनाउँदैंछ’ भन्ने  सम्पादकीय पूरा पढ्नुहोस्

नेपालको संघर्ष – भारत जातीय संघर्ष समाधान गर्ने नाममा नयाँ संविधान असफल बनाउने कोसिस गर्दैछ । गत वैशाखको विनाशकारी भूकम्पबाट तग्रिदै गरेको नेपाल अहिले हिंसात्मक प्रदर्शन र भारतीय इन्धनको नाकाबन्दीसँग पछिल्लो दुई महिनादेखि सघंर्ष गरिरहेको छ । एक ठूलो जातीय समूहले नयाँ संविधानको विरोध गरिरहेको छ । गृहयुद्धमा उठेका मुद्धा समाधान गर्ने राम्रो आशाका रुपमा नयाँ संविधानलाई लिइएको थियो । सबै खराब नै सहि, नयाँदिल्लीले जातीय विभाजन गराउने मुद्धा उठाइरहेका पक्षको सवालमा हस्तक्षेप गरेको छ । जुन भारतको एक महाभूल हो  भने नेपालमा भारतीय प्रभावको नजरअन्दाज गरिरहेको एउटा उदाहरण पनि ।वाल स्ट्रीट जर्नलले सम्पादकीयमै लेख्यो, ‘भारतले नेपालको नयाँ संविधान असफल बनाउँदैंछ’ विवादको मुख्य जड भने माओवादीको १० वर्षे युद्धको बेला आएको हो । जुन बेला माओवादीले समर्थक बढाउनको लागि जातीय नारा दिएको थियो । त्यतिबेला माओवादीले निश्चित जातको आधारमा प्रदेशको सिमाकंनमा जोड दिएको थियो । धेरै मध्यमार्गी पार्टीहरुले सबै जातिको मिश्रित प्रदेश चाहेका छन्, ताकि राजनीतिज्ञले जातीय विभाजनबाट सबैको सहमति लिन सक्नु पर्नेछ । माओवादीसँग गतिरोध बढेपछि पहिलो संविधानसभाले संविधान दिन असफल भएको थियो । सन् २०१३ मा भएको दोस्रो संविधानसभाले प्रगति गर्याे । जहाँ माओवादीले १३ प्रतिशत मात्र सिट जित्न सफल भयो । माओवादीका नेताले काठमाडौंका कुलीन वर्गसँगै विशेषअधिकार लिएको भन्दै माओवादीका समर्थक घटे । संघीयतालाई सार्थक रुप दिनको सम्झौता गर्न वैशाखको महाभूकम्प एक अन्तिम गति सावित भयो । तर, केहि मधेसीले यसको विरोध गरे । भारतीय सीमामा बसोवास गर्दै आएका, जहाँ नेपालको आधा जनसंख्या बस्छ, उनीहरुले विभिन्न राज्यमा जस्तै भोटको विभाजन नहुने बताउँदै आएका छन् । भारतले मधेसीसँग छिटो सम्बन्ध बढायो । नेपालमा संविधान जारी हुने बित्तिकै आफ्ना राजदूतलाई दिल्ली बोलायो । त्यसलगत्तै इन्धन बोकेका ट्यांकरहरु भारतबाट नेपाल प्रवेश गर्ने कम हुन थाल्यो । जसले गर्दा यातायातमा प्रयोग हुने तेल र खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढेको छ । अन्य सामान भित्रिरहेको अवस्थामा भारतीय अधिकारीहरुले इन्धन कटौतीको जिम्मेवारी लिन अस्वीकार गरे । चीनले कदम बढायो । अनि आपतकालीन इन्धनको प्रस्ताव र दिर्घकालीन इन्धन खरिद विक्रिको प्रस्ताव गर्याे । भारतले मधेसमा यस्तो चासो लिनुको कारण के हो भने उत्तर भारतको मतदान बनाउन यहाँ ठूलो प्रभाव छ । यो सत्य पनि हो कि, मधेसीहरु माथि भेदभाव गरिन्थ्यो । तर, अहिले ११७ जना मधेसी जनप्रतिनिधि छन् जुन संसदको २० प्रतिशत हो ,उनीहरुले संविधानको पक्षमा भोट पनि गरेका छन् । अल्पमत मधेसीहरुले संविधानसँग लड्ने नाममा खराब रणनीतिको प्रयोग गरेका छन् । जसले उनीहरुलाई अल्पसंख्यकको समानताको कारण धेरै नोक्सान गरेको छ । नयाँ संविधानले नेपाललाई स्थिर बनाउनु पथ्र्याे । यसअघि भएका राजनीतिक सम्झौता, वर्ग, भाषा, धर्म र जातिसँग भएका सहमतिको कार्यान्वयन गर्नुपथ्र्याे । जहाँसम्म भारतसँगको सवाल छ, अघिल्लो वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले पाएको लोकप्रियता अहिले ध्वस्त भएको छ । एक देश जो राजनीतिक स्वतन्त्रता र  असंलग्न नीतिमा अडिएको छ,  नयाँ दिल्ली आफूले प्रचार गरेको अभ्यासमा खडा हुनुपर्छ । -वाल स्ट्रील जर्नलको नोभेम्बर १२ को सम्पादकीय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?