Breaking News

नेपाली दिनबन्धु भट्ट हावर्ड बिश्वबिद्यालयको बैज्ञानिक

Feb Tue 2020 05:40:38

622 views

नेपाली दिनबन्धु भट्ट हावर्ड बिश्वबिद्यालयको बैज्ञानिक

बैतडी जिल्ला बासुलिंग गााबिस वडा नं ६ गणागाउमा २०२६ सालमा जन्मेका लबदेब तथा कलावती भट्टका छोरा दिनबन्धु भट्टले संसारकै चर्चित र सबैको सपनाको केन्द्र हार्वड बिश्वबिद्यालयको बैज्ञानिक पदमा नियुक्त भएर आफु र नेपाललाई बिश्वसामु चिनाएका छन ।

भट्टले एसएलसि सम्मको शिक्षा श्री बासुदेब माबि लिस्किटा बैतडीबाट आर्जन गरेका हुन भने उच्च शिक्षा बनस्तलि बालाजु क्याम्पसबाट र बिएस्सीमा त्री चन्द्र क्याम्पसबाट गरेका हुन । त्रिभुवन बिश्वबिद्यालयबाट माईक्रोबाईलोजी बिषयमा स्नात्तकोत्तर गरी त्री चन्द्र क्याम्पसमा अध्यापन गराई रहेका भट्ट अमेरिकाको ओहायो स्थित मियामी बिश्वबिद्यालयबाट एमएस गर्न फ्रिस्कोलरसिप पाए पछि अमेरिका गएका थिए ।

हावर्डमा बिश्वबिद्यालयमा पढ्नकै लागि आवेदन दिने मध्ये ६ प्रतिशतले भर्ना पाउने ठाउमा नेपालको ग्रामिण बस्तीमा जन्मेका भट्टले जागरि खोज्ने सिलसिलामा आवेदन दिएकोमा पाँच चरणको अन्तरवार्ता पश्चात सफल भई जागिरको करारमा दस्तखत गर्दा उनकालागि जिन्दगीको खुसिको दिन त्यहि थियो ।

बैज्ञानिक भट्ट नानोटेक्नोलोजी, पाउडर टेक्नोलोजी र स्प्रेड्राईङ टेक्नोलोजी जस्ता बिषयका बिज्ञ हुन । उनले गरि रहेको अनुसन्धानले एक नबिनतम औषधीको आबिष्कार गर्दै छ । जस्ले रक्त नलिमा जमेको रगतलाई सजिलै पगालि दिनेछ । यो औषधीको उपयोगबाट हृदयघात, मस्तिष्कघात तथा पक्षघात र पल्मोनरी धमनीमा हुने रक्त संचार रोकिई आकस्मिक रुपमा मृत्य हुने घटनाबाट जोगाउन सकिने दाबि भट्टको छ ।

आफ्नो पेशामा कर्मठ र निरन्तर लगनशिल भट्टको अनुसन्धानले उच्च रक्तश्राव जस्ता जोखिमपुर्ण असरहरुलाई रोक्न उपयोगी हुनेछ । आगामि छ महिना भित्र यो अनुसन्धानको प्रबिधिलाई भबिष्यको औषधी बिकासमा हस्तान्तरण गरे पश्चात भट्ट क्यान्सर रोगको निदान गर्ने खोपको अनुसन्धान गर्ने भाबि योजना तय भई सकेको बताउछन ।

भट्टले अनुसन्धानकाक्रममा बिगतमापनि हावर्ड बिश्वबिद्यालयका प्राध्यापक डेबिडएडवार्डससंग गरेको अनुसन्धानले ठुलो सफलता प्राप्त गरि सकेका छन । उनको टिमले गरेको उक्त अनुसन्धानले फोक्सोको क्षयरोग निदानको लागि तेस्रो बिश्वका मुलुकहरुलाई ठुलो सहयोग गरेको छ । श्वास प्रश्वासको माध्यमबाट लिन सकिने बिसिजि खोपको पाउडरको रुपमा उत्पादन हुने उक्त औषधी ईन्जेक्सनको प्रयोग बिनानै शरिरमा पठाउन सकिने र यसलाई भण्डारण गर्न बिधुतिय उपकरणको आवश्यकता नपर्ने हुदा भरपर्दो बिजुली र दक्ष जनशक्ती नभएका नेपाल जस्ता बिकासोन्मुख राष्ट्रका लागि यो बिज्ञानको महत्वपुर्ण सफलता हो भन्ने भनाई भट्टको छ ।

बिश्वका ख्यातिप्राप्त बिज्ञहरु र हावर्ड जस्तो साधन सम्पन्न बिश्वबिद्यालयमा अनुसन्धान गर्न पाउनु आफ्नो अवसरको रुपमा ठानेका भट्टले जुन किसिमको महत्वपुर्ण परियोजनामा हात हालेका छन यो उनका लागि चुनैतिपुर्ण अवसर हुन गएको छ । उनका यी अनुसन्धानहरु बिज्ञानले बिगत देखि पत्ता लगाउन नसकेका समस्यासंग सम्वन्धित छन । त्यस मध्येका केहिमा सफलता प्राप्त गरी प्रयोगमा ल्याई सकेका छन जो आफैमा प्रशंसनीय छन ।

सुदूरपश्चिमको बैतडी जिल्ला बासुलिंग गाबिस गणागाउमा जन्मेका भट्टले सरकारी स्कुल तथा क्याम्पस पढेर बिश्वकै चर्चित र सबैको सपनाको केन्द्र हावर्ड बिश्वबिद्यालयमा बैज्ञानिक भै उच्चतहको प्राबिधिक पदमा काम गर्न पाउनु र नयाँ नयाँ औषधीहरुको अनुसन्धान गर्नु भनेको नेपालीको गर्बको बिषय हुन गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?