Breaking News

आइसिटी स्टार्टअप अवार्ड २०१६ को मनोनयन अनलाइनबाट

Feb Tue 2020 05:40:49

219 views

आइसिटी स्टार्टअप अवार्ड २०१६ को मनोनयन अनलाइनबाट

आइसिटी स्टार्टअप अवार्ड २०१६’ यही असार ८ गते हुने भएको छ । लिभिङ विथ आइसिटी म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो । आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिएका छन् । अनलाइनबाट दर्ता भएका र जुरी समुहले रिफर गरेका स्टार्टअप कम्पनीहरुबाट उत्कृष्ट १० छान्ने र त्यसलाइ अनलाइन भोटिङ र जुरी समुहको सेलेक्सन प्रोसेसबाट उत्कृष्ट ४ घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड मनोनयनका लागि इच्छुक आइटी स्टार्टअपले यही जेठ १९ ९जुन १० सम्म कम्पनी विवरणसहित अनलाइन एप्लिकेशन फारम भर्नुपर्नेछ । नेपालमा कानुनसम्मत दर्ता भइ ५ वर्ष ननाघेका एवं बजारमा कम्तिमा एउटा प्रोडक्ट वा सेवा उपलब्ध गराएका स्टार्टअप कम्पनीले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । कार्यक्रममा आइसिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका एक व्यत्तिmलार्इ विशेष सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।

एप्लिकेशन फारम भर्न तलको लिंक क्लिक गर्नुहोस् >>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?