Breaking News

१० हजारभन्दा कम मूल्यमै पाइने मुल्यका स्मार्टफोन

Feb Tue 2020 05:40:42

343 views

१० हजारभन्दा कम मूल्यमै पाइने मुल्यका स्मार्टफोन

नेपाली बजारमा अहिले स्मार्टफोनको मूल्य ४ हजार रुपैयाँदेखि नै सुरु हुन्छ । सामसुङ, हुवावे, जीओनी, कलर्स, इन्टेक्स र एलजी र जेडटीइका १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बजार फस्टाउँदो छ ।

यी कम्पनीका १० हजार भन्दा कम मूल्यका केही स्मार्टफोन र तिनीहरुको विशेषता यस्तो छः

हुवावे huwaei-y3c चिनियाँ स्मार्टफोन कम्पनी हुवावे नेपालमा सन् २०१० को अन्त्यतिर प्रवेश गरेको हो । नेपालमा अहिले हुवावेका २४ मोडलको स्मार्टफोन बिक्री भइरहेको छ । त्यसमा पनि हुवावेका १० हजार रुपैयाँभन्दा कम मूल्यका तीन मोडलका मोबाइल सेट बजारमा उपलब्ध छन् ।

जसमा दुई सिम लाग्ने किटक्याट भर्सनको ५१२ एमबी र्‍याम रहेको ‘वाइ थ्री सी मोबाइलको मूल्य ६ हजार ९ सय ९९ रुपैयाँ छ ।

त्यस्तै १ जीबी र्‍यामसहित १७३० एमएएच पावर ब्याट्री रहेको वाई ५४१ मोडलको मोबाइलको मूल्य ८ हजार ४ सय ९९ रुपैयाँमा पाइन्छ । ८ मेगापिक्सल रियर र २ मेगापिक्सल फ्रन्ट क्यामेरा जडित ‘वाई थ्री डुवल आइ’को मूल्य ९ हजार रुपैयाँ पर्छ ।

smrtphone-budget

सामसुङ samsung-galaxy-j1 नेपालको स्मार्टफोन बजारमा सवैभन्दा ठूलो हिस्सा रहेको कोरियाली स्मार्टफोन सामसुङका पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका तीनवटा मोडलका स्मार्टफोन छन् ।

४ इन्च डिस्प्ले र ५ मेगापिक्सल क्यामेरा रहेको सामसुङ ग्यालेक्सी जी वन स्मार्ट फोनको मूल्य ९ हजार ९ सय ४० रुपैयाँ छ ।

त्यस्तै ४.३ इन्च डिस्प्ले भएको सामसुङ ग्यालेक्सी जे वन एसीको मूल्य ९ हजार ३ सय ९० रुपैयाँ पर्छ । टाइजेन अपरेटिङ सिस्टममा रहेको सामसुङ जेड टुको मूल्य ७ हजार २ सय ९० रुपैयाँ छ ।

जेडटीइ zte-l5-plus दुई महिनाअघि मात्र नेपाली बजारमा प्रवेश गरेको चिनियाँ ब्राण्ड जेडटीइले युरोप तथा अमेरिकासमेत आफ्नो बर्चश्व कायम गरिसकेको छ ।

नेपाली बजारमा जेइटीइ स्मार्टफोनका ६ वटा मोडल बिक्री भइसकेका छन् । त्यसमा पनि १० हजार रुपैयाँभन्दा कम मूल्यका २ मोडल उपलब्ध छन् ।

१ जीबी र्‍याम, ८ मेगापिक्सल रियर क्यामेरा भएको ब्लेड एल फाइभ प्लस मोबाइलको मूल्य ९ हजार ९ सय ९० रुपैयाँ छ ।

यसैगरी ब्लेड एल फाइभको मूल्य भने ८ हजार ४ सय ९० रुपैयाँ पर्छ । जेडटीइले आम मानिसले बोक्नसक्ने मोबाइल फोनको उत्पादनमा आफ्नो ध्यान केन्द्रीत गरेको छ । पि्रमियम स्मार्टफोनको मूल्य पनि अन्य कम्पनीको भन्दा निकै सस्तो छ ।

जिओनी geionee-p5-mini चिनियाँ स्मार्टफोन कम्पनी सन् २०१४ सेप्टेम्बरतिर नेपाल प्रवेश भएको हो । नेपालमा जिओनीका अहिले ११ वटा मोडलका स्मार्टफोन विक्री भइरहेकोमा एउटा मोडलको मूल्य १० हजार रुपैयाँभन्दा कम छ ।

जिओनी ‘पी फाइभ मिनी’ स्मार्टफोन नेपालमा ७ हजार ९ सय ९९ रुपैयाँमा किन्न पाइन्छ । यो स्मार्टफोनमा ४.५ को डिस्प्ले छ । फोनमा ५ मेगापिक्सलको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । एक जीबी र्‍यामको साथमा ८ जीबीको इन्टरनल स्टोरज क्षमताको सहित १८०० सय एमएएचको ब्याट्री छ ।

सीजी CG Smart Phone Eon Elite 4 स्मार्टफोन उत्पादक कम्पनी सीजीले अहिले नेपालमा ९ मोडलका सेटहरु बिक्री गरिरहेको छ । अन्य स्मार्टफोन कम्पनीकोभन्दा सीजीका स्मार्टफोन सस्तो छ । यसै कारण ग्राहकबीच लोकपि्रय समेत छ ।

नेपाली बजारमा सीजी मोडलका १० हजार भन्दा कम मूल्यका ६ वटा मोडलका स्मार्टफोन छ । जसमा इओन थ्री जी सबैभन्दा सस्तो स्मार्टफोनको मूल्य ४ हजार ५ सय ९९ रुपैयाँ र इओन एक्स-फोरको मूल्य ५ हजार ३ सय ४९ रुपैयाँ पर्छ ।

यसैगरी सीजी इओन एक्सप्रेसको मूल्य ८ हजार ४ सय ९९, इओन लाइटको ७ हजार ९ सय ९९ सय र लाइट प्लसको ८ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यसैगरी इओन ब्लेज गोल्डको मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ तोकिएको छ ।

इन्टेक्स intes-aqua-lite १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन धेरै छनौट भएको अर्को ब्राण्ड हो- इन्टेक्स । इन्टेक्समा १० हजारभन्दा कम मूल्यका १४ मोडलका स्मार्टफोन उपलब्ध छ ।

आक्वा जोएको ५ हजार ९९ सय रुपैयाँ पर्छ । आक्वा प्लेय ५ हजार ६ सय ६६ रुपैयाँ, आक्वा ५.१ को ६ हजार ५ सय ९०, आक्वा ४.५ प्रोको ७ हजार ९ सय ९९ रुपैयाँ छ ।

यसैगरी आक्वा ब्राइटको ८ हजार १ सय ९९ रुपैयाँ छ भने आक्वा लाइफ थ्रीको ९ हजार १ सय ९९, आक्वा रिङ्गको ९ हजार २ सय ९९ रुपैयाँ तोकिएको छ । आक्वा टि्वस्टको ९ हजार ३ सय ९९ र आक्वा लिओन र्थीजीको ९ हजार ३ सय ९९ रुपैयाँ पर्छ ।

यस्तै आक्वा क्रेजको ९ हजार ८ सय ९९ रुपैयाँ छ भने आक्वा कोष्टाको ९ हजार ९ सय ९९, आक्वा स्टार एचडीको ९ हजार २ सय, आक्वा पावरको ९ हजार ४ सय र आक्वा भी फोरको मूल्य ४ हजार ३ रुपैयाँ पर्छ ।

एलजी पछिल्लो समय एलजी स्मार्टफानेमा पनि नेपाली ग्राहकको आकर्षण बढ्दो छ । नेपालमा एलजीको ३ मोडल बिक्री उपलब्ध छ । त्यसका पनि १० हजारभन्दा कम मूल्य पर्ने एक मोडलको स्मार्टफोन बजारमा बिक्री भइरहेको छ ।

दुई सिम लाग्ने ४.३ डिस्प्ले भएको एस-१४५ स्मार्टफोनको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यो स्मार्टफोनमा १५४० एमएएचको ब्याट्री छ भने ५ मेगापिक्सलको रियर क्यामेरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?