संस्थाका सल्लाहकार राजेश अधिकारीले सातौ वार्षिकोत्सव समारोहमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई स्वागत गर्र्र्दै सूचनाको जानकारी आम नागरिकमा लैजान सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका रहेकोले आम सञ्चारमाध्यम र पत्रकारमार्फत सूचना प्रवाह गराउन प्रविधिको अधिकतम प्रयोगका लागि सबैको भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
अन्तरक्रियामा बोल्दै रिपार्टस क्लवका अध्यक्ष ऋषि धमाले विज्ञान प्रविधिको आजको जमानामा पत्रकारहरुले सूचना सञ्चार प्रविधिलाई अधिकतम् प्रयोग गर्न सिक्नुपर्ने बताए । जसले आइटीलाई प्रयोगमा ल्याउँछ उसको राष्टिय अन्तराष्टियस्तरमा पहिचान रहन्छ । पर्यटन प्रवद्र्धनका सूचना र यसका सम्भावनाहरुलाई विश्वस्तरसम्म पुर्याउन आइसिटीको प्रयोग सहज माध्यम भएकोमा अधिकतम प्रविधि प्रयोगमा सबै एकजुट भएर लाग्नुपर्नेमा धमलाले जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा ले सूचना सञ्चार प्रविधि गाउँ गाउँ मा पूर्याउनुपर्नेमा जोड दिए । यसका लागि प्राधिकरणले विशेष कार्ययोजनाका साथ ४४ जिल्लामा फाइवर अप्टिकलको मार्फत इन्टरनेटको सञ्जाल बिस्तार कार्य अगाडी बढाइसकेकोले समेत जानकारी गराए ।
हरेक गाउँ गाउँमा सूचना सञ्चार प्रविधिको पहुँच पुगे मात्र डिजिटल नेपालको अवधारणा पूरा हुने भएकोले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण सबैसँगको सहकार्यमा अगाडी बढिरहेकोले अबको २ वर्षभित्रै ७७ जिल्लाका गाउँ इन्टरनेटको सञ्जालमा बाधिने दाबी झा ले गरे ।
कार्यक्रममा जेष्ठ नागरिक कोषका सभापति तथा वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य, बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सिल नेपाल पूर्व अध्यक्ष बोर्ण बहादुर कार्की, सूचना प्रविधि बिभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, निर्वाचन आयोगका सहसचीव एवं सूचना प्रविधिकर्मी बीरेन्द्र कुमार मिश्र, नेपाल सर्टिफाइग कम्पनीका प्रबन्ध निर्देशक पुरुषोतम घिमिरे मानव अधिकारकर्मी तुलसी थापा,इश्वर आधारभुत बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर उप्रेती लगायतका आइसिटी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको विशेष सहभागीता रहेको थियो ।

सम्मानित हुनुेहरुमा नेपाल सरकार विज्ञान मन्त्रालय सूचना प्रविधि बिभागका पूर्व महानिर्देशक बीरेन्द्र कुमार मिश्र, युवा समाजसेवी दीपक कार्की, सूचना प्रविधिका आन्टरप्रियनरशीप एसइओ विज्ञ निरन्जन पटेल, डा. सुभास घिमिरे, युवा नेता इन्द्रमान महर्जन, समाजसेवी राजेश्वरी श्रेष्ठ, इन्दिरा घले, सामाजिक अभियन्ता तथा टान्सफरमेसन नेपालका निर्देशक सन्तोष घिमिरे लगायत थिए ।
अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि बिभाग, क्यान महासंघ, नेपाल सर्टिफाइग कम्पनी, नेपाल टेलिकम, नेपाल पर्यटन बोर्डले लोगो प्रायोजन गरी सहयोग गरेका थिए ।
सूचना प्रविधिको सवालहरुमा मिडिया पैरवी गर्ने र आइसिटी प्रिन्ट, अनलाइन, इलेक्टोनिक्स मिडियामा काम गर्ने आइसिटी पत्रकारहरुलाई गोलबन्द गर्दै आइसिटी क्षेत्रको विकासका लागि राष्टिय आइसिटी नीति निर्माणमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यका साथ २०६७ मा स्थापना भएको संस्था हो आइसिटी पत्रकार विकास मञ्च । आइसिटी जनचेतनाको देशव्यापी प्रचार प्रसार गर्दै आइटी विकास बिस्तार प्रवद्र्धन गर्दै र आइसिटी क्षेत्रमा कार्यरत सम्पूर्ण पत्रकारहरुको हकहितका लागि नीति अख्तियार गर्ने र आइटी प्रिन्ट तथा बिद्युतीय छापा प्रकाशन तथा प्रसारणलाई दिगो, स्थायित्व र निरन्तरताको लागि राष्टिय तथा अन्तराष्टियस्तरमा पहल गर्ने लक्ष्य संस्थाको रहेको छ ।
संस्थाले संस्कृति र पर्यटन विकासका लागि डिजिटल सोसल अभियान सञ्चालन गर्न गइरहेको संस्थाका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले बताए ।