नपालमा बढ्दो साइवर थ्रेट र चुनौतीबारेको जानकारी दिने उद्देश्यले इन्फोसेक नेपाल इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टीम ले एक दिने सेमिनार आयोजना गर्ने भएको छ । एनसिआइटी कलेजका बिआइटी, सिएसआइटी अध्ययनरत बिद्यार्थीहरुलाई नेपालमा साइवर र यसको चुनौती बारेको ज्ञानमार्फत साइवर सुरक्षा जनचेतना अभिबृद्धि गराउने लक्ष्य सेमिनारको रहेको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी अधिकारीले बताए ।
सेमिनारमा साइवर सेक्येरिटी विज्ञहरु तथा सफ्टवेयर, नेटवर्क र आइटी मिडियाकमीहरुको सहभागीता रहने भने सेमिनारमा साइवर सुरक्षाको वर्तमान अवस्था, साइवर ल र यसका चुनौती विषयका ज्ञान अनुभवहरु शेयर गरिनेछ ।