Breaking News

सोफिया रोवट नेपाल भ्रमणमा आइन् र भनिन् हेलो नेपाल ! - भिडियोसहित

Feb Wed 2020 02:40:45

968 views

सोफिया रोवट नेपाल भ्रमणमा आइन् र भनिन् हेलो नेपाल ! - भिडियोसहित
साउदी अरबको नागरिकता प्राप्त सोफिया रोवट नेपालमा एक कार्यक्रमका लागि आइन् । युएनडीपी र नेपाल सरकारको आयोजनामा भएको काठमाडौंको एक कार्यक्रममा सोफियाले यसरी भाषण दिएकी छिन् । रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।’ Image result for sofiya robot युएनडीपीको लोगोअंकित सेतो टी(शर्ट लगाएर पोडियममा उपस्थित सोफियाले भनिन् शिक्षा, टेलमेसिनरी, ब्लक चेन टेक्नोलोजीको प्रयोग गर्दै एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न हामी सक्छौं। रोबोट र इथिक्सको बारे सोफियाको जवाफ यस्तो यो मान्छेको इस्यु हो । नयाँ कानूनहरु बनाएर समस्या हुन दिनुहुँदैन । महिलाका अधिकार तथा कामदारका अधिकार दिगो विकासका लागि आवश्यक छन् । कसैलाई पछाडि छाड्नु हुँदैन । टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ । मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो । मैले पहिले पनि भनें, सम्भावना असीमित छन् । मलाई आशा छ यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल ! हेर्नुस् भिडियो : इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिन्छ । गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ । आर्टिफिसियल इन्टिलिजेन्स र बिग डाटाको प्रयोग गरेर शिक्षा तथा कृषिमा ठूलो फड्को मार्न सकिन्छ । हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गर्न सक्छौं र संसारलाई राम्रो बासस्थान बनाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?