Breaking News

यसकारण बैशाखदेखि केबलबाट टिभी चल्दैन

Feb Tue 2020 05:40:45

775 views

यसकारण बैशाखदेखि केबलबाट टिभी चल्दैन

सरकारले केबल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान कानुन पारित गरिसकेकोले  बैशाखदेखि तपाईले केबल लाइन एनालग बाट घरमा टेलिभिजन हेर्न  सक्नुहुदैन । सूचना तथा संचार मन्त्रालयले जारी गरेको सूचना अनुसार काठमाडौं, ललितपुर, पोखरा, विरगन्ज र बिराटनगरमा बैशाख १५ देखि केबल लाइनबाट टेलिभिजन हेर्न पाइने छैन । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा गरेको संसोधन अनुसार टेलिभिनलाई डिजिटल प्रणालीमा लगेको हो । बैशाखदेखि काठमाडौंमा यो व्यवस्था लागू हुनेछ । यस्तै अन्य चार सहरमा कात्तिकदेखि र देशभर भने २०७५ सालबाट यो व्यवस्था लागू हुनेछ ।

अहिले नेपालका केही पहाडी भेग र तराईमा विदेशी डीटीएचका माध्यमबाट विदेशी च्यानल खुल्लमखुल्ला सञ्चालन भइरहेका छन् । विदेशी डीटीएच प्रणाली अवैधरुपमा नेपाल भित्रिने हुनाले यसको प्रत्यक्ष प्रभाव कर संकलन तथा नेपाली व्यवसायीहरूलाई पर्ने गरेको छ । त्यसमा पनि विदेशी डीटीएचमार्फत् नेपाली च्यानल हेर्न सकिँदैन ।

सूचना तथा संचार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार केबलबाट टेलिभिजन हेरेका ग्राहकले सेटअप बक्स लगाउनुपर्ने छ  ।

Image result for cable tv dth tv

‘ के हो डीटीएच  प्रविधि डाइरेक्ट टु होम प्रविधि अन्तर्गत फ्रिक्वेन्सी सिग्नललाई डिस एन्टेनार सेटअप बक्सका माध्यमबाट सिधै घरको टेलिभिजनसम्म पु¥याइन्छ । स्याटलाइटमार्फत् आएको रेडियो सिग्नललाई कुनै हब हुँदै सेटअप बक्समा डाउन लिङ्क गर्ने प्रविधि नै डीटीएच हो । यसका लागि एउटा एन्टीना घरको छतमा र घरभित्र रिसिभर राखेपछि आफूले पैसा तिरेर हेर्न चाहेको च्यानल टेलिभिजनमा हेर्न सकिन्छ ।

डीटीएचका माध्यमबाट ग्राहकको इच्छा अनुसारका कार्यक्रम छनोटका साथै इच्छा अनुरुपका फिल्म तथा खेलका कार्यक्रम तथा च्यानलहरू आफूले रोजेर हेर्न तथा खेल्न सकिन्छ । आपूmलाई मन नपर्ने वा आवश्यक नभएका टेलिभिजन च्यानलहरू हटाएर ग्राहकले मन लागेका च्यानलहरू मात्र डीटीएच सेवा प्रदायकहरूबाट लिन सक्छन् । यसका अतिरिक्त डीटीएचका माध्यमबाट पाँच सयभन्दा बढी च्यानल हेर्न सकिने सुविधाका साथै व्यक्तिगत रेकर्डिङ्ग सुविधासमेत उपलब्ध हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?