Breaking News

आइफोन किन्नका लागि निर्दयी बाबुआमाले १८ दिने छोरी बेचेपछि...

Feb Tue 2020 05:40:10

264 views

आइफोन किन्नका लागि निर्दयी बाबुआमाले १८ दिने छोरी बेचेपछि...

चीनको एक निर्दयी दम्पत्तिलाई प्रहरीले तीन वर्षको खोरमा राखेको छ जसले आइफोन किन्नका लागि आफ्नो १८ दिने सन्तान बेचेको छ । सो दम्पत्तिले आइफोन र मोटरसाइकल किन्नका लागि आफ्नो १८ दिनकी छोरीलाई बेचेको हो । चिनियाँ अखबार पिपुल्स डेलीको अनलाइन संस्करणका अनुसार फुजियानका ए डुआन र जिओमेईलाई १८ दिने छोरी बेचेको आरोपमा तीन वर्षको जेल सजाय तोकिएको हो । डुआन र जिओमेई सन् २०१३ देखि नै आपसमा प्रेम गर्दै आएका थिए । विवाहका लागि उमेर नपुगेका कारण उनीहरुले आफ्नो विवाहसमेत पञ्जीकृत गराएका थिएनन् । उनीहरुले सन् २०१४ मा छोरीलाई जन्म दिएका थिए । तर रोजगारको अभावका कारण आर्थिक अवस्था नाजुक भएपछि उनीहरुले छोरीलाई नै बेच्ने निधो गरेका थिए । उनीहरुले २३ हजार युआनमा आफ्नी छोरीलाई बेचेको सो अनलाइनले जनाएको छ । सो रकमले एउटा आइफोन र मोटरसाइकल गरिद गर्ने योजना बनाइरहँदा उनीहरु पक्राउ परे । झण्डै दुई वर्ष लामो कानुनी प्रक्रियापछि उनीहरुलाई तीन वर्षको जेल सजाय तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?