सोफियाको अनुहार हलिउड अभिनेतृ अड्री हेपबर्नसँग मिल्दोजुल्दो छ। सोफियाले विभिन्न ६२ अनुहार भाव व्यक्त गर्न सक्छिन्। आगामी दिनमा सोफियाको बौद्धिकता अझ बढ्नेछ र उसले जुनसुकै संस्कृति, उमेर र लिंगका मान्छेलाई आपसमा जोड्न मद्दत गर्नेछ,’ । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची रहेको छ।
आगामी दिनमा सोफियाको बौद्धिकता अझ बढ्नेछ र उसले जुनसुकै संस्कृति, उमेर र लिंगका मान्छेलाई आपसमा जोड्न मद्दत गर्नेछ,’ । वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची रहेको छ।
एलन मस्क रोबोटले विकासभन्दा विनाशको सम्भावना बढी हुन्छ भन्ने विचारका प्रखर वक्ता हुन्। यसले पृथ्वीमा मान्छेको अस्तित्व नै धरापमा पर्ने र भयानक युद्ध हुनसक्ने सम्भावना उनले औंल्याउँदै आएका छन्। विश्लेषकहरूले मस्कको भनाइ गलत नभएको बताएका छन्।
रोबोटको काम गर्ने क्षमता यकिन नहुने र भित्रभित्रै के के गर्छन् बुझ्न नसकिने हुँदा रोबोटको बढ्दो विकासले मानव सभ्यतालाई विनाशतिर धकेल्ने उनीहरूको राय छ। मस्कका अनुसार यो विकास प्रक्रिया बढ्दै गए, कुनै दिन यस्तो आउनेछ जब रोबोटलाई मान्छेको जरुरत नै पर्दैन। उनीहरू आफैं काम गर्न थाल्छन् र यसले अन्ततः मान्छेलाई विस्थापन गर्नेछ।
यसका निर्माता ह्यान्सन भने आलोचकहरूको भनाइसँग सहमत छैनन्। सोफिया हामीले चाहेको त्यस्तो रोबोट हो, जसले पूर्ण रूपमा मान्छेको जस्तै अनुभूति गर्छ,’ ह्यान्सनलाई उद्धृत गर्दै बिजेनस इन्साइडर लेख्छ, ‘उसले हाम्रो कुरा मात्र बुझ्दैन, हाम्रो ख्याल पनि राख्छ।’