ट्वीटरले १४० अक्षरसम्म मात्रै लेख्नुपर्ने सीमितताको अन्त्य गर्ने भएको छ । केही वर्षयता ट्वीटर प्रयोगकर्ताले धेरैभन्दा धेरै मिडिया कन्टेन्ट प्रयोग गर्न थालेकोले सो कुरालाई थप प्रोत्साहित गर्न ट्वीटरले नयाँ व्यवस्था गर्न लागेको हो ।
सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार अब केही समयमा नै ट्वीटरमा फोटो र कुनै वेबसाइटको लिंक सेयर गर्दा तिनलाई अक्षर गणना गरिनेछैन् । अबको केही सातामै सबै प्रयोगकर्ताले यो अनुभूति गर्न पाउनेछन् । यसले गर्दा ट्वीटरमा लिंक वा फोटो सेयर गरेर पनि १४० अक्षरकै ट्वीट गर्न मिल्नेछ ।