Breaking News

वैदेशिक रोजगारीको प्रलोभनमा फस्दै हुनुहन्छ की तुरुन्त ११७७ मा प्रहरीलाई खवर गर्नुहोस्

Feb Tue 2020 05:40:58

233 views

वैदेशिक रोजगारीको प्रलोभनमा फस्दै हुनुहन्छ की तुरुन्त ११७७ मा प्रहरीलाई खवर गर्नुहोस्

रेमिट्यान्सले धानेको मुलुक नेपालका कति युवाहरु विदेश होलान् ? अनुमान सहज छ लाखौको संख्यामा । तिनीहरुले विदेशमा रहदा पाएका पीडा र समस्याहरु के होलान् ? विदेशिन लाग्दै गरेका युवाहरुको पिडादायीे कथाहरु अरु भिन्न छन् । अनेक समस्याहरु । एजेन्ट या मेनपावर कम्पनीको मीठा प्रलोभनमा परेर ठगिएका सर्वसाधारणहरुको कथा ? तर ती सबैलाई सम्वोधन गर्न नेपाल प्रहरीले ११७७ नम्वरको हटलाइन सेवाको शुरुवात गरेको छ । डायल गर्नुहोस् तपाइका कु्नै पनि समस्यालाई सम्वोधन गर्न अपराध महाशाखा तयार छ । महाशाखाका परिसरमा एक पीडित महाशाखा प्रमूूख सर्वेन्द्र खनालसँग आफना पीडा पोखिरहेका छन् । आफनो गुमेको रकम सहजै फिर्ता पाउने उपायहरुवारे भलाकुसारी गरिरहेका छन् । यिनी अफगानिस्तान जान चाहन्थे तर दलालको चंगुलमा परेका यिनलाई एक महिनासम्म दिल्लीमा थुनिए । चार पाँच लाख गुमाएका यिनी प्रहरीको सहयोगको अपेक्षा सहित यहाँ आइपुगेका हुन् । वैदेशिक रोजगारमा ठगीने क्रम बढ्दै गए पछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेको हो । वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि यो सेवा २४ सै घन्टा संचालनमा ल्याइएको महाशाखा प्रमूख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । ठगहरुको सञ्जाल बढदै गएको तर कामदारको रकमको साथसाथै जीउधनकै सुरक्षा नहुने भएकोले त्यसलाई रोक्न सेवा शुरु गरिएको उहाँको भनाई छ ।

विशेषगरी, वैदेशिक रोजगारीको नाममा हुने महिला तथा वालवालिकाहरुको वेचविखन र अनेक प्रलोभनमा पारी युवाहरुवार रकम असुल्ने प्रवृत्ति देखिएकोले त्यो सम्वन्धमा पिडितहरुको पिडा र गुनासो महाशाखा सुन्छन् । त्यसका अतिरिक्त युवाहरूलाइसम्वन्धमा अनुसन्धान गरी विदेशस्थित कुटनीतिक नियोगहरुसँको समन्वय, एनआरएन र अन्य संधसंस्थाहरुसँग सम्पर्क र आवश्यक सहकार्य गरी उद्धार गर्ने गरेको प्रमूख खनालको भनाई छ । महाशाखाले मकाउ, चिली लगायतको मुलुकहरुवाट पिडितहरुको उद्धार गरेको जनाएको छ । दैनिक २० भन्दा धेरै कलहरु आउन थालेको भन्दै महाशाखाले छोटो समयमा सेवा प्रभावकारी देखिएको बताएको छ । नेपाली य्ुवायुवतीहरुको विशेषरी मलेसिया, कतार,साउदी, युएइ लगायतका खाडी मुलुकहरुको गन्तव्य बन्दै गएको छ । त्यसका अलावा अफगनास्तिान, इराक लगायतका मुलुकहरुमा अवैध रुपमा नेपाली युवाहरु कामका लागि जाने गरेका छन् । तर तिनीहरु दलालहरुको कारण अनेक समस्याहरु भोग्न वाध्य भैरहेको महाशाखा प्रमूखको भनाई छ । वैदेशिक रोजगारको नाममा हुने ठगीप्रति सचेत रहन र समस्या परे प्रहरीलाई खवर गर्न उहाँले आग्रह गर्नुभयो । वैदेशिक रोजगारको क्रममा तपाईलाई झुठो आश्वासन दिएर प्रलोभनमा पार्ने, तोकिएको भन्दा बढी रकम लिने, भनेको जस्तो काम र तलव नपाइने, लामो समयसम्म एमआरपी कब्जामा राख्ने लगायतका कामहरु कसैले गर्छन् भने प्रहरीलाई ११७७ मा डायल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?