Breaking News

जन्मदिन मनाउने फरक शैली, सबैले यसै गरे कसो होला

Feb Tue 2020 05:40:51

804 views

जन्मदिन मनाउने फरक शैली, सबैले यसै गरे कसो होला

जन्म दिन सबैको विशेष दिन । प्रत्येक वर्षमा एक दिन आउँछ । कसैले भव्य त कसैले सव्य रुपमा मनाउँछन । र, कसैलाई कहिले आउँछ, जान्छ पत्तै हुन्न । शहरमा जन्मदिन मनाउने बढ्दो प्रचलन छ । साथीभाई भेटघाट, खानपान र घुमफिरमा गएर आफ्नो जन्मदिन मनाउने तथा सबै आफ्न्त, छरछिमेकीलाई बोलाएर लाखौं खर्च गरी पार्टी खुवाउने पनि गरिन्छ । यो भड्किलो शैली हो ।

जन्मदिन केही राम्रो काम गरेर पनि मनाउन सकिन्छ । पछिल्लो समयमा सामाजिक कार्य गरेर जन्मदिन मनाउनेहरु पनि विस्तारै बढ्दैछन । स्वयसेवक गर्ने, वृद्धाआश्र, बालगृह गएर एक छाँक खाना खुवाउने, कपडा बाँड्ने तथा शैक्षिक सामग्री वितरण गर्ने आफ्नो क्षमता अनुसारका यस्तै यस्तै कामहरु । यसैको पंक्तिमा छन खिलक बुढाथोकी । जो आफ्नो जन्मोत्सवमा सामाजिक कार्य गर्ने गर्दछन ।

खिलकले आज २२ औं जन्मोत्सव मनाए । उनले मनाएको यो जन्मोत्सव चौथो हो । यस अघि कहिले आउँथ्यो पत्तै थिएन । खिलक भन्छन, ‘गाँउमा रहँदा जन्मदिन कहिले पर्दछ वास्तै हुन्न । शहर आएपछि पनि दुईवर्ष पछि जन्मदिन मनाउँन थालेका हुँ । अहिलेसम्म चार वटा भयो मैले जन्मदिन मनाएको ।’ उनी जन्मदिनमा न केक काट्छन न साथीभाई बोलाएर खानपिन गराउँछ । फरक छ उनको शैली । आफ्नो प्रत्येक वर्षको जन्मदिनमा सामाजिक संस्थामा पुग्छन र सकेको सहयोग गर्दछन । ‘चारवटा जन्मदिन मनाए तर मैले कुनै फजुल खर्च गरिन ।’ जन्मदिन मनाउने शैक्षिक सामग्री लिएर बालगृहमा पुगेका खिलक भने, ‘एक वर्ष पशुपति वृद्धाआश्रम, अर्को वर्ष हेल्प नेपाल नेटर्वकलाई र गत वर्ष पवित्र सामजसेवा नेपाललाई सहयोग गरेर मनाए । यो वर्ष भने पवित्र सामाजिक संस्थामा रहेका २५ जना भाई बैनिलाई शैक्षिक सामग्री दिएर मनाउँदैछु ।’

IMG_0056

सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका खिलकले जन्मदिन पारेर मात्र नभई अघिपछि पनि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन । समता कलेजका विद्यार्थी रहेका खिलक सामाजिक कार्यमा उत्तम संजेलको प्रेरणा रहेको वताउँछन । उनी भन्छन, ‘समता कलेजले मेरो पढ्ने चाहनालाई पुरा गरिदियो । समता स्कुलबाटै सिकेर मैले पनि अरुको लागि केही गर्न पर्दछ भनेर आफुले सकेको र भ्याएसम्मको सामाजिक कामहरु गर्दै आएको छु ।’

उनले डेलि वान रुपिज फर अर्दस (दैनिक एक रुपैयाँ अरुको लागि) भनेर अभियान नै चलाएका छन । यो अभियानमा आफ्नो मेहनतविना आउने दशैँको तथा अघिपछिको दक्षिणा र मेहनतले कमाएको पैसाको एक प्रतिशत जम्म गर्दछन । यसरी जम्म भएको पैसाबाट समस्यामा परेकालाई सहयोग र जन्मदिनमा गर्ने सामाजिक कार्यमा खर्च गर्दछन । उनले भने, ‘अरुको लागि पनि केही गरौं । धेरै सक्दिैन भने दिनको एक रुपैयाँ त अवश्य सकिन्छ भनेर थालेको अभियान हो । केही साथीहरुले पनि यो अभियानलाई साथ दिएका छन । हामीले अप्ठारोमा परेकालाई सहयोग गरेका छौं । कतारमा मृत्युदण्ड पाएका अनिश खालिङ, सडकमा अलपत्र परेकी पाँच भाई छोराकी आमा, ब्लड क्यान्सर बालक लगायत केहीलाई हाम्रो अभियानले सहयोग गरेको छ ।’

स्नातकका विद्यार्थी खिलक पर्यटन र पत्रकारितामा आफ्नो भविष्य खोजिरहेका छन । उनी भन्छन, ‘म समताको विद्यार्थी हुँ । मैले समता रहँदा समाजिक प्राणी बन्न सिकेको छु । सामाजिक क्षेत्रमा काम गर्ने मेरो योजना रहेको छ । अहिल्े म आफ्नै करिअरको लागि संघर्ष गरिरहेकाले योजनाको अगाडी बढाउन सकिरहेको छैन ।’ उनले गत वैशाखको भूकम्पमा पनि सामाजिक संस्थाहरुको सहकार्य गरेर उद्धार र राहत वितरणमा लागे । राहत लिएर काभ्रू्रे, सिन्धुपाल्चोक, धादिङ तथा आफनै जिल्ला ओखलढुंगामा समेत पुगे । केही दिन अघि मात्रै आफ्नै गाँउमा भूकम्पले भत्काएको विद्यालयको अस्थायी टहरो समेत उनको व्यवस्थापनमा बनाए । ‘मेरो गाविस ओखलढुंगामा रहेका तीन सय ५० वृद्धालाई कपडा दिन योजनामा थिए तर आफ्नै व्यस्तताको कारणले सकिन । केही समयपछि यो काम गर्नेछु ।’ उनी भन्छन, ‘मैले अध्ययन गरेको ओखलढुंगाको नवजीवन मावि र काठमाडौंको समता स्कुलमा पुस्तकलय स्थापना गर्ने मेरो ठूलो सपना छ । आशा छ सबैको साथ पाउनेछु र चाडै पुरा गर्नेछु ।’

खिलकले आफ्नो जन्मदिन पारेर तथा अघिपछि पनि योगदान गर्दै आएको पवित्र समाजिक सेवा नेपालकी सञ्चालिक दिक्षा चापागाईले भनिन, आफ्नो जन्मदिनमा फजुल खर्च गर्नु भन्दा सबैले खिलकले अपनाएको बाटो नै अपनाउन सक्नुपर्दछ ।’ चापागाईका अनुसार आफ्नो जन्मदिन तथा विवहामा सामाजिक कार्यगरेर मनाउनेहरु बढ्दैछन । उनले भनिन्, ‘आफ्नो जन्मदिन, विवाह, वुवाआमाको श्रद्धा लगायतका अवसर पारेर हाम्रो संस्थामा महिनामा ४÷५ जना आइरहनुहुन्छ । आफ्नो क्षमताअनुसार कसैले एक छाक खाना खुवाउने, पैसा सहयोग गर्ने, कपडा दिने, चकलेट वाँड्ने लगायतको सहयोग गर्नुहून्छ ।’

IMG_0049

- ehimalayanews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?