Breaking News

विद्युत प्राधिकरणमा ५ सयभन्दा बढीलाई रोजगारी खुल्यो

Feb Tue 2020 05:40:46

370 views

विद्युत प्राधिकरणमा ५ सयभन्दा बढीलाई रोजगारी खुल्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न खुला प्रतियोगितातर्फ ५ सय भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको छ ।

खुलातर्फ सह-निर्देशकदेखि सवारी चाकलसम्मका लागि आवेदन माग गरिएको हो ।  विभिन्न पदमा स्नातकोत्तर तह उत्तिर्ण देखि कक्षा ८ पास गरेकासम्मले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणले सहनिर्देशक, सहायक निर्देशक, प्रवन्धक, उपप्रवन्धक, प्रशासकीय अधिकृत, इन्जिनियर, अर्थशास्त्री, तथ्याङ्क शास्त्री, लेखा अधिकृत, कानुन अधिकृत, सर्भे अधिकृत, जिओलोजिष्ट र वतावरणविदका लागि आवेदन खुलाएको छ । यि मध्ये कतिपय पदमा सम्बन्धित क्षेत्रमा अनुभव समेत माग गरिएको छ ।

इलेक्टि्रसियन, मिटररिडर, फोरमेन, सहायक लेखापाल, सिनियर मिटर रिडर, सुपरभाइजर लेखापाल, चालक लगायतका पदमा पनि विज्ञापन भएको छ ।

विभिन्न क्षेत्रीय कार्यालयहरुका लागि प्राविधिकहरुको माग गरिएको हो । चैत १५ गतेभित्र इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुस् (दुइर्पटक क्लीक गरेर ठूलाे बनाइ हेर्नुस् ) vacancy-of-nea-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?