केन्द्रीय समिति निर्विरोध चयन भएको क्यानको उपाध्यक्षमा संस्थागततर्फबाट विश्वराम बलामी, संस्थागत (महिला) बाट सुनैना पाण्डे घिमिरे, व्यक्तिगततर्फबाट रोमकान्त पाण्डे र(जिल्ला)अन्तर्गत नवराज कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी क्यानको महासचिवमा रञ्जित पोदार निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिव पदमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको भोटबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् ।
त्यसैगरी क्यानको कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् ।
क्यानको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्लाशाखाबाट निर्विरोध निर्वाचित भएका छन् । यसअन्तर्गत रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुरराम श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं बली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेमराजा पनेरु निर्विरोध निर्वाचित भएका छन् ।