Breaking News

फेसबुक एकाउन्ट ह्याक भए रिकभर गर्ने सरल तरीका यस्तो

Feb Wed 2020 02:40:47

919 views

फेसबुक एकाउन्ट ह्याक भए रिकभर गर्ने सरल तरीका यस्तो

आजभोली फेसबुक एकाउन्ट धेरै ह्याक हुनेगरेको छ। यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने चिन्ता नलिनुस, यसलाई फिर्ता लिन धेरै कठिन छैन । उपाय जान्नुस्, सबैभन्दा पहिलोमा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised. यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् । जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।

त्यतिगरेपछी तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्, जसमा फेसबुकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ । तपाईले स्क्रिनमा जे-जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेस क्यारेक्टरमा ध्यान दिनुहोस्, जबकि तपाईंको पासवर्ड कसैले अनुमान गर्न नसकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?