Breaking News

टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र

Feb Tue 2020 05:40:54

937 views

टेलिकमको सस्तो इन्टरनेट प्याकेज : ५१२ Kbps को रु एक हजार ६०० सय मात्र
नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ। ५१२ केबीपीएसको महसुल दर प्रतिमहिना रु एक हजार ६०० कायम गरिएको छ। त्यसैगरी एकदेखि १० एमबीपीएसको प्रतिएमबीपीएसको रु दुई हजार ७००, ११ देखि १०० एमबीपीएसको प्रतिएमबीपीएस रु दुई हजार ४०० र १०० एमबीपीएसभन्दा माथिको महसुल दर प्रतिएमबीपीएस रु दुई हजार १०० तोकिएको छ। उल्लेखित दरमा थप कर लाग्ने छ। आगामी असोज १ देखि मङ्सिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत असीमित डाटा प्याकेजलगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ। यसअन्तर्गत असीमित डाटामा थप कर लाग्ने छैन। ‘भोल्युम वेस्ड प्याकेज’मा थप कर लाग्ने छ। व्यक्तिगत प्रयोगकर्तालाई ५१२ केबीपीएस क्षमताको असीमित डाटा भोल्युम रु एक हजार ५०० मा उपलब्ध गराइने छ। त्यसैगरी दुई एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ। यसअनुसार १५ दिनका लागि रु ५०० मा १० जीबी, एक महिनाका लागि रु एक हजारमा २० जीबी, तीन महिनाका लागि रु तीन हजारमा ७० जीबी र छ महिनाका लागि रु छ हजारमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ। एक वर्षका लागि रु १२ हजारमा ५०० जीबी र रु २० हजारमा एक हजार जीबी प्याकेज तथा एक वर्षे कर्पोरेट प्याकको रुपमा रु ३५ हजारमा दुई हजार ३०० जीबी प्याकेज उपलब्ध गराइनेछ। वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोङ्गलसहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ। एक वर्षका लागि रु छ हजारमा २५० जीबी भोल्युम उपलब्ध गराइने छ। यूएसबी डोङ्गल निःशुल्क उपलब्ध गराइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?