Breaking News

डिजिटल सिग्नेचरलाई ह्याक गर्न आजको प्रविधिलाई १० हजार बर्ष लाग्छ - विप्लवमान सिंह

Feb Tue 2020 05:40:24

481 views

डिजिटल सिग्नेचरलाई ह्याक गर्न आजको प्रविधिलाई १० हजार बर्ष लाग्छ - विप्लवमान सिंह

डिजिटल सर्टिफाइङ कम्पनीले नेपालमा डिजिटल सिग्नेचर प्रणाली सुरुवात गरिसकेको छ । राष्ट्रपति, प्रधानमन्त्री र संचारमन्त्रीलाई डिजिटल सिग्नेचर दिएर काम सुरु गरेको सो कम्पनीले अब भने ब्यवसायिक रुपमा सिग्नेचर दिने गरी तयारी गरिरहेका कम्पनीका अध्यक्ष विप्लवमान सिंहले बताएका छन् ।

डिजिटल सिग्नेचर कम्तिमा पनि २०४८ विट्समा बन्छ । जसको कारण कसैले पनि यस्तो डकुमेन्ट ह्याक गरेर खोल्न सक्दैन । अहिले उपलब्ध प्रविधिले यसलाई खोल्ने हो भने पनि १० हजार बर्ष लाग्छ ।

अधिकांश बैंकहरुले अनलाइन कारोबार गर्ने गरेका छन् । त्यसलाई सुरक्षा प्रदान गर्न पनि डिजिटल सिग्नेचर आवश्यक पर्छ ।

के हो डिजिटल सिग्नेचर ?

डिजिटल सिग्नेचर भनेको डिजिटल दुनियामा कुनै पनि ब्यक्तिको आधिकारिक परिचय पत्र (आइडी) हो । सुन्दाखेरी यो के के न हो जस्तो लाग्छ । तर यो भनेको सामान्य हस्ताक्षरलाई डिम्याट फर्ममा (जसरी सेयरलाई म्याट गरियो त्यसैगरी सबै कागजातलाई डिम्याट गर्न सकिन्छ भन्ने हो) लाने हो । यसलाई आधिकारिकता दिन कुनै न कुनै हस्ताक्षर चाहिन्छ । त्यो नै डिजिटल सिग्नेचर हो । खास गरी डिजिटल सिग्नेचर भनेको २०४८ ओटा र्यान्डम नम्बरहरुको समुह हो । डिजिटल सिग्नेचर कम्तिमा पनि २०४८ विट्समा बन्छ । जसको कारण कसैले पनि यस्तो डकुमेन्ट ह्याक गरेर खोल्न सक्दैन । अहिले उपलब्ध प्रविधिले यसलाई खोल्ने हो भने पनि १० हजार बर्ष लाग्छ भनिन्छ डिजिटल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमानसिंहले भने ।

डिजिटल सिग्नेचर कसरी काम गर्छ ?

जस्तो मैले तपाइलाई तपाइको कि राखेर कुनै इमेल पठाएँ भने तपाइले आफ्नो प्राइभेट कि राखेपछि मात्रै त्यो इमेल खुल्छ । भूलबस अरु कसैलाई त्यो इमेल गयो या तपाइको इमेल कसैले ह्याक गर्यो भने पनि त्यो इमेल खुल्दैन, अर्थात उसले प्राइभेट कि थाहा नपाइकन त्यो इमेल पढ्न सक्दैन । प्राइभेट र पब्लिक किको संयोगबाट मात्रै त्यो इमेल पढ्न सकिन्छ । त्यसमा पनि हामीले इन्क्रिप्टेड फर्ममा राखेर पठाउन सक्छौं । मैले तपाइले इन्क्रिप्ट रुपमा कुनै डकुमेन्ट इमेलमार्फत पठाए भने तपाइले आफ्नो प्राइभेट कि राखेपछि मात्रै त्यो डकुमेन्ट डिक्रिप्ट हुन्छ । यसरी पठाएको डकुमेन्ट कसैले ह्याक गर्यो भने उसले पढ्न सक्दैन । सुरक्षाको लागि यो संसारभरी प्रयोग भइरहेको छ । विकसित देशको सुरक्षा संयन्त्रलय यही प्रविधि प्रयोग गरेका छन् । यो कि कम्तिमा पनि २०४८ विट्समा बन्छ । जसको कारण कसैले पनि यस्तो डकुमेन्ट ह्याक गरेर खोल्न सक्दैन । अहिले उपलब्ध प्रविधिले यसलाई खोल्ने हो भने पनि १० हजार बर्ष लाग्छ भनिन्छ । यसकारण समकालिन दुनियामा डिजिटल सिग्नेचर सुरक्षित छ भनिन्छ । कुनै पनि डकुमेन्टमा तपाइले सिग्नेचर गर्दा के हुन्छ रु तपाइको डकुमेन्टमा कसैले सिग्नेचर गर्यो भने त्यो मान्छे को हो रु कहिले सिग्नेचर गरेको हो रु त्यो डकुमेन्ट अहिले पनि भ्यालिड छ कि छैन भन्ने कुराहरु हेर्न मिल्छ । डबल क्लिक गर्नासाथ त्यो देखिन्छ । फेरि यसरी तपाइले मलाई पठाएको डकुमेन्टमा कुनै परिवर्तन गर्न खोजे भने डकुमेन्ट आफै बोल्न थाल्छ । यो डकुमेन्टमा यहाँनेर टेम्पर गरियो भनेर जानकारी दिन्छ । यसको अर्थ के हो भने डिजिटल्ली साइन भएर आएको डकुमेन्ट तपाइले चलाउन सक्नुहुन्न । जस्तो तपाइले मलाई कुनै डकुमेन्ट पठाउनु भयो, म तपाइभन्दा माथिल्लो तहको ब्यक्ति हूँ भने मैले आफूलाई लागेको कुरा उल्लेख गरेर मैले पनि साइन गर्न मिल्छ । डबल साइनिङ पनि गर्न मिल्छ । यो सुविधाको कारण टिप्पणी उठाएर पेश गर्नेदेखि स्वीकृत गर्नेसम्मको हाम्रो सरकारको परम्परा अनुसारको कार्य पनि यसमा समाबेश हुन्छ । एउटा डकुमेन्ट बनाएर त्यसैमा डिजिटल सिग्नेचर बनाएर पठाउने हो भने समयदेखि स्रोतसम्मको बचत हुन्छ ।  यसको कानुनी बैधता पनि छ । विद्युतीय कारोबार ऐन २०६३ मा विद्युतीय कारोबार हुदा त्यसमा डिजिटल सिग्नेचर हुनै पर्छ भन्ने ब्यवस्था गरिएको छ । अहिले हामी एउटा कागज बनाउछौं, त्यसमा हस्ताक्षर गर्छौं र स्क्यान गरेर सम्बन्धितकोमा पठाउछौं । तर पनि यसको बैधता छैन । किन भने त्यसमा डिजिटल सिग्नेचर छैन । डिजिटल सिग्नेचर गरेपछि मैले गरेको होइन भन्न मिल्दैन । यो कानुनी मान्यता प्राप्त हो । अर्को कुरा संसारभरीका सरकारले डिजिटल सिग्नेचरलाई ब्यापक बनाएर डकुमेन्टलाई डिम्याट फम्र्याटमा लान प्रयास गरिरहेका छन् । यसको कारण प्रिन्ट गरिरहनु परेन भन्ने हो । प्रिन्ट गर्नु नपर्दा टोनर, टोनर कार्टेज, टोनर कार्टेजले उत्पादन गर्न खतरनाक ग्यासहरुको उत्सर्जन र कागज बचत भयो । कागज भनेको बनस्पतिवाट उत्पादन हुने बस्तु हो । यसकारण कागजको बचत हुँदा बनस्पतिको संरक्षण प्रभावकारी हुन्छ । ग्लोबल वार्मिङको विश्वब्यापी समस्या पनि समाधान हुन्छ । कतिपय कार्यालयहरुमा कागजात राख्ने ठाउको समेत अभाव हुन थालेको छ । डिम्याट फम्र्याटमा यस्ता कागजात राख्दा ब्यवस्थापनमा पनि सहयोग हुन्छ । यस्तै कागजात भौतिक रुपमा नै पठाउदा समय धेरै लाग्ने गरेको छ । त्यस्तै खर्च पनि बढी हुन्छ । डिम्याट फम्र्याटमा यस्ता कागजात पठाउदा यो प्रकारको समस्या पनि समाधान हुन्छ । अधिकांश बैंकहरुले अनलाइन कारोबार गर्ने गरेका छन् । त्यसलाई सुरक्षा प्रदान गर्न पनि डिजिटल सिग्नेचर आवश्यक पर्छ । स्रोत : क्लीकमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?