Breaking News

६ महिनामा कुन कुन बाणिज्य बैंकहरुले कति नाफा कमाए ?

Feb Tue 2020 05:40:30

360 views

६ महिनामा कुन कुन बाणिज्य बैंकहरुले कति नाफा कमाए ?
-सुदिल पोखरेल
भारतको अघोषित नाकाबन्दीको समयमा पनि बैंकहरुले आफ्नो नाफामा भने बृद्धि गरेको देखिएको छ। चालु आर्थिक वर्ष २०७२/०७३ को छ महिनामा देशमा रहेका बाणिज्य बैंकहरुले १४ अर्ब ८३ करोड ६४ लाख ७९ हजार रुपैयाँ मुनाफा कमाएका छन्।
जोखिमको समयमा पनि बैंकहरुले आफ्नो मुनाफामा बृद्धि गरेको देखिएको छ। बैंकहरुले हालै सार्वजनिक गरेको ६ महिनाको अपरिस्कृत वित्तीय बिबरणमा भूकम्प र नाकाबन्दीको असर देखिएको छैन।
हिमालय बैंकका सिइओ अशोक शमशेर जबरा नेपालका बैंकहरु जोखिमको समयमा पनि मुनाफा कमाउन अभ्यस्त हुँदै आएकोले हालसम्म बैंकहरुको मुनाफामा नाकाबन्दीको असर नदेखिएको बताउँछन्।
उनले भने ‘१२ वर्षे माओवादीको द्वन्दकाल, आन्दोलन लगायतका कैयन जोखिम नेपालका बैंकहरुले भोगिसकेका छन्, त्यसैले यस्ता जोखिमको अनुभवकै कारण नाकाबन्दीको समयमा पनि सहि तवरले व्यवस्थापन गरेका कारण चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुको मुनाफामा बृद्धि हुन गएको हो।’
उनका अनुसार नाकाबन्दीको समयमा पनि  बैंकहरुमा सबैजसो ऋणीहरुले नियमित ब्याज बुझाइरहेका छन्। अधिकांश ऋणीहरुले ब्याज समयमा बुझाइरहेकोले पनि मुनाफामा असर नदेखिएको उनको भनाई छ।
नाकाबन्दीका कारण देशमा आर्थिक क्रियाकलापमा बाधा पुग्दा पनि देशका ४ वटा बाणिज्य बैंकले भने छ महिनामै अर्ब कमाएका छन्। बैंकहरुले हालै प्रकाशित गरेको वित्तीय बिबरण अनुसार चालु आर्थिक वर्षको छ महिनामा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले  एक अर्ब भन्दा माथि मुनाफा कमाएका छन्। सबैभन्दा  बढि नबिल बैंकले कमाएको भएपनि गत आर्थिक वर्षको तुलनामा नेपाल बैंकले यसवर्ष मुनाफामा सबैभन्दा धेरै बृद्धि गरेको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ११ करोड १२ लाख ६६ हजार खुद मु्नाफा कमाएको नबिल बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड १२ लाख ७९ हजार खुद मुनाफा कमाएको छ।
नेपाल बैंकले गत आर्थिक वर्षको छ महिनामा  ३८ करोड ७४ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो। तर चालु आर्थिक वर्षको  छ महिनामा  खुद मुनाफामा १ सय ७०  प्रतिशत बृद्धि गर्दै  १ अर्ब ४ करोड ८१ लाख ९ हजार खुद मुनाफा कमाएको  देखिएको छ।
त्यस्तै चालु आर्थिक वर्ष २०७२/०७३ को पुस मसान्तसम्ममा ६ वटा बाणिज्य बैंकको मुनाफामा भने  गिरावट आएको देखिएको छ।
गत आर्थिक वर्ष २०७१/०७२ को पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्ष २०७२/०७३ को सोहि अवधिमा राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, स्टायण्डर्ड चार्टड बैंक, प्रभु बैंक, कृषि बिकास बैैंक र सिभिल बैंकको नाफामा गिरावट आएको देखिएको छ।
राष्ट्रिय बाणिज्य बैंकको खुद मुनाफामा सबैभन्दा बढि गिरावट आएको देखिए पनि अर्ब कमाउने बैंकहरुको सुुचीमा रहेको छ। राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ७ करोड १९ लाख ६१ हजार रुपैयाँ कमाएको छ। तर बैंकको मुनाफा गत वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा  ७० दशमलव २२ प्रतिशतले गिरावट आएको देखिएको छ।
कुन कुन बैंकले कति मुनाफा कमाए ?
बैंक गत आवको पुस मसान्तसम्म चालु आवको पुस मसान्तसम्म
नबिल बैंक        1,111,265000       1,351,279,000
नेपाल इन्भेष्टमेन्ट बैंक            966,074000       1,078,185,000
राष्ट्रिय बाणिज्य बैंक        3,600,773000       1,071,961,000
नेपाल बैंक            387,461000       1,048,189,000
हिमालयन बैंक            589,500,000           802,218 ,000
ग्लोबल आइएमई बैंक            540,458.000           762,715 ,000
एभरेष्ट बैंक            771,226,000           753,775,000
एसबिआई            532,780,000           623,928 ,000
स्टायण्डर्ड चार्टड            644,686,000           612,009,000
एनआइसि एसिया            360,615,000           502,061 ,000
सिद्धार्थ बैंक            326,086,000           487,412 ,000
प्राइम बैंक            362,103,000           469,222 ,000
एनएमबि बैंक            270,579,000           421,211,000
सिटिजन बैंक            279,872,000           418,482 ,000
सानिमा बैंक            278,175 ,000           408,027,000
प्रभु बैंक            540,211,000           405,644,000
माछापुच्छ्रे बैंक            344,087,000           401,377,000
कृषि बिकास बैंक            534,534,000           387,529 ,000
एनबि बैंक            331,125,000           368,573 ,000
सनराईज बैंक            260,451,000           363,954 ,000
बैंक अफ काठमाण्डु            330,762,000           329,194 ,000
लक्ष्मी बैंक            177,183,000           303,254 ,000
एनसिसि बैंक            239,237,000           246,881 ,000
मेगा बैंक            158,334,000           223,509 ,000
कुमारी बैंक            181,676,000           210,194 ,000
लुम्बीनी बैंक            170,039,000           181,432 ,000
सेञ्चुरी बैंक              99,818,000           160,764 ,000
सिभिल बैंक            176,973,000           156,339 ,000
ग्रान्ड बैंक          (138,684,000)           149,136 ,000
जनता बैंक            109,199,000           138,025 ,000
जम्मा         13,425,333,000        14,836,479,000

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?