Breaking News

यसरी पाउनसक्छन् टीपीएसबाट नेपालीले अमेरिकी नागरिकता

Feb Tue 2020 05:40:55

324 views

यसरी पाउनसक्छन् टीपीएसबाट नेपालीले अमेरिकी नागरिकता
  • किशोर पन्थी / न्युयोर्क

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले प्रदान गर्ने टेम्पारेरी प्रोटेक्टेडले अमेरिकाको स्थायी बासिन्दा बन्ने मार्ग नखोल्ने बताइएको छ । तर अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही महिनामा नै सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

के हो यो विशेष कार्यक्रम ?

यो कार्यक्रमको नाम मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) हो । यो कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ ।

सन् २००८ मा यो कार्यक्रम एकवर्षका लागि लागु गरिएको थियो । यो कार्यक्रम सन् २००९ को डिसेम्बरसम्मका लागि लागु गरिएको थियो । त्यतिबेला जम्मा १ हजार जनलाई भर्ती गर्ने लक्ष्य राखिएको थियो । त्यसपछि यो कार्यक्रम यत्तिकै थन्किएको थियो । पछि हरेक वर्ष १५ सय जनालाई भर्ति गर्ने गरी सन् २०१२ को मे १६ बाट यो कार्यक्रम पुन संचालन गरियो । जसको अवधि सन् २०१४ को सेप्टेम्बरको अन्त्यसम्म मात्र थियो । त्यसपछि यो कार्यक्रमको अवधि थपिनेमा आशंकाहरु थिए । तर सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्मका लागि यो कार्यक्रम थप्ने अनुमतिपत्रमा अण्डरसेक्रेटरी अफ डिफेन्स जेसिका राइटले हस्ताक्षर गरेपछि यो कार्यक्रमबाट अमेरिकामा रहेका नेपालीहरुले समेत फाइदा लिन पाउने भएका छन् ।


माभ्नी कार्यक्रमबारे थप जान्न युएस आर्मीको वेवसाइटमा सिधा जानुहोस् । 


माभ्नी कार्यक्रमका लागि योग्यता

एसाइली, रिफ्युजी वा टीपीएस प्राप्त व्यक्ति यो कार्यक्रमका लागि योग्य हुन्छन् । अमेरिकाले ब्यापार सन्धी गरेका देशबाट अमेरिकामा ब्यापारमा संलग्न हुनका लागि आएका ‘ई’ भिसा भएका व्यक्ति, अमेरिकामा पत्रकार र संचारमाध्यमका कर्मचारीका रुपमा आएका ‘आई’ भिसा भएका व्यक्ति, अमेरिकामा विद्यार्थी भिसा (एफ भिसा) मा आएकाहरु, कामदार भिसा (एच भिसा) मा आएकाहरु, एक्सचेन्ज भिजिटरका रुपमा ‘जे’ भिसामा आएकाहरु, ‘के’, ‘एल’, ‘एम’, ‘ओ’, ‘पी’, ‘क्यु’, ‘आर’, ‘एस’, ‘टी’, ‘यु’, ‘भी’ लगायतका भिसा भएकाहरु यो कार्यक्रमबाट लाभान्वाति हुन सक्छन् । कलाकारका रुपमा आएकाहरुदेखि आपराधिक गतिविधिको शिकार भएकाहरु सम्मले यो कार्यक्रमबाट लाभ लिनसक्छन् । तर माभ्नी कार्यक्रममा सहभागी हुनका लागि २ वर्ष कानुनी हैसियत नगुमाई अमेरिकामा बसेको र ९० दिन एकदिनपनि अमेरिका नछोडी लगातार बसिरहेको हुनुपर्छ । यसअर्थमा कानुनी हैसियत नगुम्दै टीपीएसप्राप्त व्यक्ति माभ्नी कार्यक्रमका लागि योग्य हुनसक्छ । वा अहिले टीपीएसप्राप्त व्यक्ति माभ्नी कार्यक्रम निरन्तर रहेमा अर्को वर्ष त्यसका लागि योग्य हुनसक्छ ।

यो कार्यक्रम अन्तरगत स्वास्थ्य क्षेत्रका लागि भर्ती हुनेहरुले कम्तीमा ३ वर्ष सकृय रुपमा  वा कम्तीमा ६ वर्ष रिजर्भका रुपमा काम गर्नुपर्छ । भाषाका क्षेत्रमा छनौट भएकाहरुले कम्तीमा ४ वर्ष सम्म सकृय रुपमा काम गर्नुपर्छ । नेपाली , हिन्दी, उर्दु लगायतका ४४ वटा भाषाहरुलाई यो कार्यक्रममा समावेश गरिएको छ । यो कार्यक्रमबाट फाइदा लिएर ग्रिनकार्ड समेत नभएका नेपालीहरु एकैपटक अमेरिकाको नागरिक बन्न सक्ने भएकाले यो कार्यक्रमप्रति अमेरिकामा रहेका तर ग्रिनकार्ड नभएका नेपाली युवाहरुको आकर्षण पनि बढ्दो रहेको छ ।

कसरी पाउने अमेरिकी नागरिकता ?

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले झण्डै तीनमहिनामा नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमपछि सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

- khasokhas.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?