Breaking News

एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन

Feb Wed 2020 02:40:26

976 views

एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेकोसम्बन्धी जनगुनासाहरु प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र त्यस्ता एटीएमहरुमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाई यस बैंकलाई लिखित जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?