Breaking News

नेपालको पहिलो श्रेणीका दश बाणिज्य बैंकहरू कुन कुन ?

Feb Tue 2020 05:40:35

597 views

नेपालको पहिलो श्रेणीका दश बाणिज्य बैंकहरू कुन कुन ?

काठमाडौं । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा उल्लेखित सूचकांकलाई क्यामेल्स विधिमा विश्लेषण गर्दा १० वटा बैंक पहिलो श्रेणीमा परेका छन् । ‘क्यामेल्स’ विधिलाई संसारभर वित्तीय अवस्था र व्यवस्थापन मूल्यांकन गर्न प्रयोग गर्ने गरिन्छ । यस विधिमा पहिलो श्रेणीमा रहेका वित्तीय संस्थालाई राम्रो, दोस्रो श्रेणीलाई सन्तोषजनक र तेस्रो श्रेणीलाई नराम्रो मानिन्छ । बैंकहरुले धेरैमा ७७.८ देखि ११ अंकसम्म पाएका छन् । सञ्चालनमा रहेको ३० वटा वाणिज्य बैंकहरुमध्ये स्टान्डर्ड चाटर्ड, एभरेष्ट, नबिल एसबीआइ, सानिमा, राष्ट्रिय वाणिज्य, एनएमबी, माछापुच्छ्रे, प्राइम र इनभेष्टमेन्ट बैंकले ६० अंकभन्दा बढी प्राप्त गरेका छन् । त्यसैगरी, लुम्बीनी, सेञ्चुरी, ग्लोबल आइएमइ, नेपाल, मेगा, सिद्धार्थ, एनसीसी, प्रभु, एन बी र जनता बैंक ५० देखि माथि र ६० भन्दा कम अंक प्राप्त गरेर दोस्रो श्रेणीमा परेका छन् । त्यस्तै, लक्ष्मी, एनआइसी, सिटिजन, हिमालयन, बैंक अफ काठमाण्डू, सनराइज, सिभिल, कुमारी, कृषि विकास र ग्राण्ड बैंक ५० अंकभन्दा कम अंक प्राप्त गरी बैंक अन्तिम श्रेणीमा परेका छन् । क्यामेल्स वित्तीय संस्थाको वित्तीय र व्यवस्थापकीय अवस्था मूल्यांकन गर्न हरेक देशका केन्द्री बैंकले अपनाउने मापन विधि हो । नियामक निकाय राष्ट्र बैंकले नेपालमा म्यामेल्स विश्लेषण गर्छ । राष्ट्र बैंकले सूचकहरुमा दिएको अंक भने गोप्य नै राख्ने गर्छ । यो विधिमा वित्तीय संस्थाको मूल्यांकन गर्दा पुँजी, सम्पत्ति, व्यवस्थापन, आम्दानी, तरलता र बजार जोखिम गरी ६ वटा सूचकांकको विश्लेषण गरिन्छ । तर, यो समाचारमा पुँजी पर्याप्तता अनुपात, सम्पत्ति, आम्दानी र तरलता सूचक मात्र समावेश गरिएको छ । बजार जोखिम र व्यवस्थापनसम्बन्धी सूचक बैंकले प्रकाशित गरेको प्रतिवेदनका आधारमा नभई स्थलगतरूपमा मूल्यांकन गर्नुपर्ने भएकाले चारवटा विधलाई मात्रै आधार मानेर विश्लेषण गरिएको हो । त्यसैगरी, क्यामेल्सबाट बैंकमा सम्पत्ति तथा दायित्वको अवस्था, सञ्चालन क्षमता, व्यावासायिक निरन्तरताको सम्भावना र दिगो विकासका लागि व्यवस्थापकीय दक्षताको अध्ययन गरी वित्तीय संस्थाको वर्गीकरण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?