Breaking News

चैत्र २१ गते आइतबारबाट चलेको रोग पञ्चकमा गर्न नहुने ५ कामहरु, जानीराखौ !!

Feb Tue 2020 05:40:39

428 views

चैत्र २१ गते आइतबारबाट चलेको रोग पञ्चकमा गर्न नहुने ५ कामहरु, जानीराखौ !!

हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।

धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो । धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।

२१ चैत आइतबार राति ९ बजेर ३५ मिनेटमा पञ्चक शुरु हुँदैछ । यो आगामी विहीबार दिउसो ३ बजेर ३५ मिनेटमा रहने छ । ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ । पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ । आइतबार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ ।

पञ्चकको समयमा गर्नै नहुने ५ काम

पञ्चकका प्रकार

१ रोग पञ्चक आइतबार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ । यो समयमा शारीरिक तथा मानसिक तनाव हुन सक्छ ।

२ राज पञ्चक सोमबार शुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो शुभ पञ्चक मानिन्छ । सरकारी काममा सफलता पाउन चाहनेले यो पञ्चकमा शुरु गर्नु पर्छ ।

panchak 3

३ मृत्यु पञ्चक शनिबार शुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । यो पञ्चकमा कुनै काम शुरु गर्दा घातक अर्थात मृत्यु समान अशुभ हुन सक्छ ।

४ चोर पञ्चक शुक्रबार शुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । यो पञ्चकमा यात्रा गर्नु सबैभन्दा खराव मानिन्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ ।

बुधबार र विहीबार शुरु हुने पञ्चकलाई माथिका नियम लाग्दैन ।

पञ्चकमा गर्न नहुने ५ काम

१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । २. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ । ३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ । ४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ । ५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?